मुख्य समाचार
सर्वोच्च अदालतको परमादेशबाट रिहा भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्रेष्ठले सरकारले आफूसँग बदलाको भावना लिएको बताए
सर्वोच्च अदालतको परमादेशबाट रिहा भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्रेष्ठले सरकारले आफूसँग बदलाको भावना लिएको बताए

: पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीका आवाज मास्न हुकुमी शासन चलाएको बताएका छन्। सर्वोच्च अदालतको परमादेशबाट रिहा भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्रेष्ठले सरकारले आफूसँग बदलाको भावना लिएको बताए।

आफ्नो पक्राउलाई श्रेष्ठले पेशागत धर्म निर्वाह गर्ने क्रममा राज्यले लिएको 'बदलाको कारबाही' भनेका छन्। जनआस्थाले लेखेका समाचारहरू गलत भएमा खण्डन गर्नसमेत उनले चुनौती दिए। सरकारले जनआस्थाविरुद्ध खेताला प्रयोग गरेको जिकिर गर्दै उनले सामाजिक सञ्जालमा आफैं रंगिएका व्यक्तिहरू खडा गरी आफूलाई पक्राउ गरिएको आरोप लगाए।

सुशासनको नारा दिएर बनेको सरकारले सुरुदेखि नै कहिले ट्रेड युनियन, कहिले विद्यार्थी संगठन, कहिले न्यायालय र कहिले मिडियालाई गिजोल्दै आएको उनको आरोप छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले जनआस्थाका सम्पादक समेत रहेका श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेपछि श्रेष्ठ रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मिटरब्याज पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा पुगेका पीडितहरूले मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने तथा भूमाफियामाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् । करिब ७० जना सहभागी रहेको प्रदर्शनमा 'मिटरब्याज साहुलाई कारबाही गर', ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले चुनदेवी कार्यालयमा सभापतिको 'नेमप्लेट' राखेर देउवालाई उचाल्न खोजेको आरोप लगाए। सबै कुरा मिलिसक्यो भनेर सिंगापुरबाट बोलाएर नेताहरूले देउवालाई ढाँटेको र आफ्ना कमीकमजोरी लुकाउन ढाल बनाउने काम गरेको थापाको भनाइ छ। पटक-पटक देउवालाई ढाँटेर संस्थापन इतर ...
: केही दिनदेखि कामकारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो। श्रममन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिवलगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच तीन घण्टा लामो छलफल भएको थियो। संघका महासचिव हिराबहादुर डाँगीले सोमबार एक विज्ञप्ति जारी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन केन्द्रित क्यान्डिडेट क्लबको घोषणा गरेको छ। सोमबार पार्टी कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रमकाबीच रास्वपा सभापति रवि लामिछानले क्यान्डिडेट क्लबको शुभारम्भ गरे। आगामी स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको सभापति लामिछानेले बताए। आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा अनलाइनमार्फत आवदेन दिन सक्ने र आगामी ...
: नेपाली कांग्रेसभित्र नेतृत्व, वैधानिकता र आगामी महाधिवेशनलाई लिएर चर्किएको विवाद तत्काल समाधान हुनेभन्दा पनि नयाँ शक्ति समीकरणतर्फ उन्मुख भएको संकेत देखिएको छ। सभापति गगनकुमार थापाले असन्तुष्ट पक्षलाई महाधिवेशनमार्फत आफूलाई पराजित गरेर नेतृत्व लिन चुनौती दिएका छन् भने संस्थापन इतर समूहका संयोजक शशांक कोइरालाले थापालाई नै सभापति स्वीकार गर्न सकिने तर सबै वरिष्ठ नेताहरूलाई समेटेर ...