मुख्य समाचार
ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी
ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्।

विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। अमेरिका र इरानबीचको द्वन्द्वका कारण यो जलमार्ग विगत छ महिनादेखि प्रायः ठप्प छ।

समाचारका अनुसार ट्रम्पले ओमानतर्फ लक्षित गर्दै भनेका छन्, 'यदि ओमान हाम्रो बाटोमा बाधक बन्यो भने, हामी उनीहरूमाथि भारी बमबारी गर्नेछौँ।'

ओमानले इरानसँग जलमार्ग सुचारु गर्ने सम्झौता अन्तिम चरणमा पुगेको घोषणा गरेको केही घण्टामै ट्रम्पको यो कडा टिप्पणी बाहिर आएको हो। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार दुवै देशबीच यातायात मार्गको ढाँचामा सहमति भइसकेको छ।

यसैबीच, अमेरिका र इरानबीच भएको ६० दिने सहमति पत्रको समयावधि सकिनै लाग्दा वार्ताको भविष्य अन्योलमा परेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले उक्त सम्झौताको अवधि थप्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

इरानको इस्लामिक क्रान्तिकारी गार्ड टोली (आइआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष अप्रत्यक्ष वार्ता भइरहेको ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेको छ। इरानी समाचार संस्थासँग कुरा गर्दै उक्त टोलीका प्रवक्ताले ट्रम्पको दाबीलाई 'भ्रम र कपोलकल्पित' भनेका छन्।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता विश्वको कुल तेल तथा पेट्रोलियम, ग्यास आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलमार्ग अवरुद्ध हुँदै आएको छ। तटस्थ राष्ट्र मानिने ओमानले यो जलमार्ग सुचारु गराउन मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्। उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी ...
भोटेकोशी नदीमा आएको बाढीले बागमती प्रदेशका जिल्लाहरूमा भीषण क्षति पुर्‍यायो । त्यसको निरीक्षण गरेर फर्किनुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ? भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा पालिकामा धेरै ठूलो जनधनको क्षति भएको छ । झन्डै ७ हजारको हाराहारीमा मानवीय क्षति भएको अनुमान गरेका छौं । मानवीय क्षतिसँगै त्यहाँका ...
। रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए । उनका ...
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...