मुख्य समाचार
ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी
ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्।

विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। अमेरिका र इरानबीचको द्वन्द्वका कारण यो जलमार्ग विगत छ महिनादेखि प्रायः ठप्प छ।

समाचारका अनुसार ट्रम्पले ओमानतर्फ लक्षित गर्दै भनेका छन्, 'यदि ओमान हाम्रो बाटोमा बाधक बन्यो भने, हामी उनीहरूमाथि भारी बमबारी गर्नेछौँ।'

ओमानले इरानसँग जलमार्ग सुचारु गर्ने सम्झौता अन्तिम चरणमा पुगेको घोषणा गरेको केही घण्टामै ट्रम्पको यो कडा टिप्पणी बाहिर आएको हो। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार दुवै देशबीच यातायात मार्गको ढाँचामा सहमति भइसकेको छ।

यसैबीच, अमेरिका र इरानबीच भएको ६० दिने सहमति पत्रको समयावधि सकिनै लाग्दा वार्ताको भविष्य अन्योलमा परेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले उक्त सम्झौताको अवधि थप्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

इरानको इस्लामिक क्रान्तिकारी गार्ड टोली (आइआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष अप्रत्यक्ष वार्ता भइरहेको ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेको छ। इरानी समाचार संस्थासँग कुरा गर्दै उक्त टोलीका प्रवक्ताले ट्रम्पको दाबीलाई 'भ्रम र कपोलकल्पित' भनेका छन्।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता विश्वको कुल तेल तथा पेट्रोलियम, ग्यास आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलमार्ग अवरुद्ध हुँदै आएको छ। तटस्थ राष्ट्र मानिने ओमानले यो जलमार्ग सुचारु गराउन मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा ...
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...