मुख्य समाचार
सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउन सरकारसँग माग
सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउन सरकारसँग माग

। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभामा ‘राहदानी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा अधिकारीले विदेश जाने नेपालीको संख्या बढिरहेको अवस्थामा राहदानी सेवा पनि सोहीअनुसार सहज र व्यवस्थित बनाइनुपर्ने बताइन् ।

विदेशमा रहेका, बाबुको पहिचान नखुलेका वा आमाबाट मात्र पहिचान खुलेका बालबालिकालाई राहदानी उपलब्ध गराउने प्रक्रिया व्यवहारिक बनाउनुपर्नेमा उनको थियो । राहदानी वितरणमा सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्न नपर्ने व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरिन् ।

अधिकारीले हराएको वा क्षति भएको राहदानीका लागि जारी गरिने अस्थायी राहदानीको अवधि नौ महिनाबाट बढाएर दुई वर्ष पुर्‍याउने विधेयकको प्रस्ताव सकारात्मक रहेको बताइन् । राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्था समयअनुकूल बनाउन विधेयक आवश्यक रहेको उनको धारणा थियो ।



नेपालको अर्थतन्त्र वैदेशिक रोजगारी र विदेशबाट आउने रकममा धेरै हदसम्म निर्भर रहेको उल्लेख गर्दै उनले विदेश जाने नागरिकका लागि राहदानी प्राप्त गर्ने प्रक्रिया थप सरल बनाउनुपर्ने बताइन् । उनका अनुसार करिब ७० लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् भने विदेशबाट आउने रकमले कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान गरिरहेको उल्लेख गरिन् ।

कूटनीतिक तथा विशेष राहदानीको दुरुपयोग रोक्न पनि कडाइ गर्नुपर्ने अधिकारीले बताइन् । यस्ता राहदानी निश्चित प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउने र पदावधि समाप्त भएपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने व्यवस्था विधेयकमा राखिनु सकारात्मक रहेको उनको भनाइ थियो ।

रद्द भएका राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठनलाई उपलब्ध गराउने व्यवस्थाले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न सहयोग पुग्ने उनले बताइन् ।

अधिकारीले ६५ भन्दा बढी जिल्लामा हुलाकमार्फत राहदानी घरमै पुर्‍याउने व्यवस्था गरेकोमा सरकारलाई धन्यवादसमेत दिइन् । विदेशमा रहेका नेपालीका लागि छिटो सेवा उपलब्ध गराउन छिमेकी भारतलगायतका मुलुकमा सहज रूपमा राहदानी आवेदन दिने व्यवस्था मिलाउन र शुल्कमा छुट दिन उनले माग गरिन् ।

राष्ट्रिय परिचयपत्रमा राहदानीका लागि आवश्यक अधिकांश विवरण समावेश हुने भएकाले स्थानीय तहबाटै राहदानी बनाउने व्यवस्था गर्नुपर्ने उनको माग थियो । यसो गर्दा नागरिकले राहदानीका लागि अनावश्यक रूपमा जिल्ला वा केन्द्र धाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास अधिकारीको छ ।

नेपालमै रहेको सुरक्षा मुद्रणालयलाई आवश्यक जनशक्ति र प्रविधि उपलब्ध गराएर स्वदेशमै राहदानी छपाइको व्यवस्था गर्नुपर्नेमा पनि अधिकारीले जोड दिइन् ।

‘राहदानी सजिलो बनाउनु भनेको नागरिकको भरोसा जित्नु हो’ भन्दै उनले राहदानीसम्बन्धी सेवा र व्यवस्थालाई थप सरल, सुरक्षित र नागरिकमैत्री बनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ । केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् । कांग्रेसले १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई ...
। नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक ९स्ववासी० जग्गाको नापजाँच आर्थिक वर्ष २०७२र७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून ...
। जाजरकोटको नलगाड नगरपालिका–१३ मा अविरल वर्षापछि आएको भलबाढी र पहिरोका कारण १९ घरपरिवार प्रभावित भएका छन् । लगातारको वर्षासँगै वडाका विभिन्न स्थानमा जमिन चिरिने, भासिने र बग्ने क्रम बढेपछि बस्तीहरू जोखिममा परेका छन् । वडा कार्यालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार फुम्दा, खातिगुर्तालगायतका क्षेत्रमा १९ घरपरिवार प्रभावित भएका हुन् । केही घर तथा टहरा पूर्णरूपमा क्षतिग्रस्त ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दूग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभामा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताएकी हुन् । दूग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई दूध खरिदबापत गर्नुपर्ने भुक्तानीको अवधि भदौको अन्तिम सातासम्म ...
। ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको ...