मुख्य समाचार
सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलब भुक्तानी गर्ने
सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलब भुक्तानी गर्ने

। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलब भुक्तानी गर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र लेख्दै सो प्रावधानबारे जानकारी गराएको हो ।

अर्थ मन्त्रालयले गत वैशाखमा संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रुपमा तलब भुक्तानी दिने निर्णय गरेको थियो । तर, प्रणाली विकास नभएका कारण सो घोषणा कार्यान्वयनमा आइसकेको थिएन ।

कार्यालयले सोमबार एक निर्णय गर्दै हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धवार्षिक रुपमा तलब भुक्तानी गराउने बताएको हो । अब अर्धमासिक रुपमा तलब, भत्ता समेत भुक्तानी हुनेछ ।

कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको कार्य क्षेत्रभित्रका संघीय निकायबाट माथि उल्लेख अनुसारको भुक्तानीका लागि निकासा माग भए त्यसको व्यवस्था मिलाउन समेत भनेको छ ।

सरकारले निर्णयको सुरुवातमा अर्थ मन्त्रालयबाट यो कार्यक्रम थालेको हो । चालु आवबाट नै सबै संघीय निकायमा अर्धमासिक तलब भुक्तानी विस्तार गर्ने भनिएकोमा कार्यान्वयन १ महिना ढिला हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ । केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् । कांग्रेसले १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई ...
। नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक ९स्ववासी० जग्गाको नापजाँच आर्थिक वर्ष २०७२र७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून ...
। जाजरकोटको नलगाड नगरपालिका–१३ मा अविरल वर्षापछि आएको भलबाढी र पहिरोका कारण १९ घरपरिवार प्रभावित भएका छन् । लगातारको वर्षासँगै वडाका विभिन्न स्थानमा जमिन चिरिने, भासिने र बग्ने क्रम बढेपछि बस्तीहरू जोखिममा परेका छन् । वडा कार्यालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार फुम्दा, खातिगुर्तालगायतका क्षेत्रमा १९ घरपरिवार प्रभावित भएका हुन् । केही घर तथा टहरा पूर्णरूपमा क्षतिग्रस्त ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दूग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभामा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताएकी हुन् । दूग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई दूध खरिदबापत गर्नुपर्ने भुक्तानीको अवधि भदौको अन्तिम सातासम्म ...
। ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको ...