मुख्य समाचार
रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट
रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट पारेका छन् ।

‘गाउँपालिका क्यान्डिडेट क्लब’ आवदेन सुरु गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेदवार हुने सम्भावना बढी रहेको बताए । ‘रास्वपामा जो काम गरिरहनु भएको छ । जो पार्टीमा खटिरहनु भएको छ । सुरुवातदेखि आजसम्म खटिरहनु भएको छ । उहाँहरुको सम्भावना बढी छ’, सभापति लामिछानेले भने, ‘प्रतिस्पर्धामा अरुलाई भन्दा उहाँहरुलाई सजिलो अवश्य पनि छ । हिजो घन्टी बोक्दै गर्दा मुद्दा खेपेको, पिटाइ खाएको, गाली खाएको, बेइज्जती सहेको हामीले बिर्सेका छैनौं । अरुलाई भन्दा रास्वपामा काम गरिहेकालाई सजिलो जरुर हुनेछ ।’

रास्वपामा लागेर काम गरिरहेकाहरुले नयाँ व्यक्ति आउँछ र टिकट पाउँछ भनेर निराश हुनुपर्ने अवस्था नरहेको उनले बताए । क्षमतावान नयाँ व्यक्ति उम्मेदवार हुने अवस्थामा भने पार्टीमा कार्य गरिहेकाहरुले पनि बाटो खालि गरिदिनुपर्ने उनले बताए । ‘नयाँ अनुहारमा अब्बल व्यक्ति आएर उम्मेदवार बनाउनका लागि रास्वपाले ल्याट्ररल इन्ट्री खुला राख्ने’ सभापति लामिछानेले बताए । ‘अब्बल आउला कि भनेर पार्टीमा आउनका लागि कैयौं साथीहरुलाई रोकिएको पनि सत्य हो । क्यान्डिडेट क्लबले त्यो कार्यलाई रोकिदिन्छ,’ उनले भने ।

रास्वपाबाट गाउँपालिकाको जनप्रतिनिधि हुनका लागि इच्छुकले आवदेन पेश गर्न खुला आह्वान गरिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यका लागि पहिलो चरणमा आवेदन खुला गरिएको छ । गाउँपालिका उम्मेदवार आह्वानबाट रास्वपाबाट ४६० गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका उम्मेदवार तय हुनेछन् । साथै, ३ हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्य हुन इच्छुकका लागि निवेदन पेश गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ । केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् । कांग्रेसले १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई ...
। नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक ९स्ववासी० जग्गाको नापजाँच आर्थिक वर्ष २०७२र७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून ...
। जाजरकोटको नलगाड नगरपालिका–१३ मा अविरल वर्षापछि आएको भलबाढी र पहिरोका कारण १९ घरपरिवार प्रभावित भएका छन् । लगातारको वर्षासँगै वडाका विभिन्न स्थानमा जमिन चिरिने, भासिने र बग्ने क्रम बढेपछि बस्तीहरू जोखिममा परेका छन् । वडा कार्यालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार फुम्दा, खातिगुर्तालगायतका क्षेत्रमा १९ घरपरिवार प्रभावित भएका हुन् । केही घर तथा टहरा पूर्णरूपमा क्षतिग्रस्त ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दूग्ध किसानलाई २५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न लागिएको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभामा सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले भदौभित्रमा नै २५ दिनभित्र किसानको बक्यौता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने बताएकी हुन् । दूग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई दूध खरिदबापत गर्नुपर्ने भुक्तानीको अवधि भदौको अन्तिम सातासम्म ...
। ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको ...