मुख्य समाचार
लुम्बिनी प्रदेश सांसद पाण्डेयलाई जसपा नेपालले सोध्यो स्पष्टीकरण
लुम्बिनी प्रदेश सांसद पाण्डेयलाई जसपा नेपालले सोध्यो स्पष्टीकरण

। जनता समाजवादी पार्टी(जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी निर्णयविपरीत मतदान गरेको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नं ३ (क) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण मागेको छ ।

जसपा केन्द्रीय कार्यालयले पाण्डेयलाई पत्र पठाउँदै पार्टीको निर्देशन उल्लंघन भएको भन्दै सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।




लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभामा विश्वासको मत लिएका थिए । त्यसअघि जसपा नेपालले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना प्रदेशसभा सदस्यलाई सोहीअनुसार मतदान गर्न निर्देशन दिएको थियो ।

तर, विश्वासको मतसम्बन्धी मतदानमा पाण्डेय सरकारको पक्षमा उभिएको भन्दै पार्टीले त्यसबारे जवाफ मागेको हो । केन्द्रीय कार्यालयले पाण्डेयको उक्त कदम पार्टीको नीति, निर्णय र निर्देशनसँग मेल नखाएको जनाएको छ ।



पार्टीले पाण्डेयलाई चार विषयमा स्पष्ट हुन भनेको छ । निर्देशन हुँदाहुँदै सरकारको पक्षमा मतदान गर्नुको कारण, पार्टीको निर्णयविपरीत मतदान गरेर अनुशासन उल्लंघन भएको हो वा होइन भन्ने विषय तथा पार्टी विधानअनुसार कारबाही हुनुपर्ने वा नपर्नेबारे उनको धारणा मागिएको छ ।

जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको पत्रमा तोकिएको समयभित्र स्पष्टीकरण नआए वा प्राप्त जवाफ चित्तबुझ्दो नभए पार्टी विधान र प्रचलित निर्णयअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।

पाण्डेयमाथि स्पष्टीकरण मागिएसँगै लुम्बिनी प्रदेशमा जसपाभित्र सरकारलाई दिएको समर्थन र विश्वासको मतका विषयमा देखिएको मतभेद औपचारिक विवादमा परिणत भएको छ ।

अब पाण्डेयले दिने जवाफका आधारमा पार्टीले थप राजनीतिक तथा संगठनात्मक कदम चाल्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निश्कल राईले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको ...
। सरकारले अनलाइन माध्यमबाट व्यापार-व्यवसाय गरिरहेका सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो । विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी ...
। माउन्ट एल्ब्रस आरोहणका क्रममा सम्पर्कविहीन भएका पर्वतारोहीहरूको टोलीको उद्धार गरिएको छ। रुसी आपतकालीन मन्त्रालयको काबार्डिनो-बाल्कारिया मुख्य निर्देशनालयले यो जानकारी दिएको छ। ‘माउन्ट एल्ब्रसमा उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएको छ। आठ जना पर्वतारोहीको टोली खराब मौसममा फसेको थियो र उनीहरूलाई सेडल नजिकै फेला पारिएको थियो। यसबाहेक घटनास्थलमा पुगेपछि रुसी आपतकालीन मन्त्रालयका विशेषज्ञहरूले अर्को छ जना पर्यटकको ...
। नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले धनकुटाका जनताहरु निराशमा रहेको बताएका छन् । जीविका चलाउन गाँजा खेती गरेका युवाहरूले जेल भरिएको उनको भनाइ थियो। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो भएको बताए। नेपालको हावापानी सुहाउँदो हिमाल, पहाड र तराईमा गाँजा खेती हुने भन्दै उनले यस निम्ति निम्ति कानुन बनाउन आवश्यक रहेको ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद निश्कल राईले राखेको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका ...