। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो।
टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको बताएका छन्। दूतावासले कुनै स्पष्ट कारण नदिई अगस्ट १४ वा अगस्ट १७ मा राजदूत मन्त्रालय आउन नसक्ने जनाएको थियो।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले लाभरोभको टिप्पणीपछि मुटोको ‘अचानक स्वास्थ्य सुधार भएको’ र अगस्ट १८ मा आउने निर्णय गरेको जनाएकी छिन्।