। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् ।
हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् ।
सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’
स्रोतले बताए अनुसार यो आक्रमण यमनका सादा र हज्जाह गभर्नोरेटहरूमा भएको हवाई क्षेत्र उल्लंघनको जवाफमा थियो। विद्रोहीहरूले भने, ‘यो आक्रमण सादा र हज्जाहका यमेनी गभर्नोरेटहरूमा भएको हवाई क्षेत्र उल्लंघनको जवाफमा गरिएको थियो।’