मुख्य समाचार
वर्षमान पुनले आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव
वर्षमान पुनले आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न प्रधानमन्त्री बालेन शाहलाई सुझाएका छन् ।

प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले जाजरकोट रोल्पा बाग्लुङ लगायतका जिल्लाहरूमा भएको विपद्‍मा उद्धारको काम पर्याप्त नभएको बताए ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद्‍सम्बन्धी रेस्क्यू लगायतका काम हेर्नका लागि सुर्खेत केन्द्र बनाएर हेलिकप्टर लगायत अन्य साधनहरू राख्ने गरिएको उनले स्मरण गराए ।



एकातिर डिजास्टर छ र रेस्क्यू गर्नुपर्ने अर्कोतिर राहत पुर्‍याउनुपर्ने अवस्था रहेको भन्दै उनले थपे, ‘तर एकजना मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ, रुघा खोकी लाग्छ अनि हेलिकप्टर पठाइन्छ । जनताको रेस्क्यूमा काम हुँदैन, पुनर्स्थापनाका लागि काम हुँदैन ।’

के भयो भन्दा घरमा आराम गर्दै रहेको भनिएको भनेर उनले थपे, ‘यस्तो गैरजिम्मेवारले राज्य चल्न सक्छ ? सभामुख महोदय मार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु । आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् ।’

विपद्‍का सम्बन्धमा भइरहेको कामबारे जानकारी गराउन उनले गृहमन्त्रीसँग अनुरोध गरे ।

‘गृहमन्त्रीज्यू आफ्नो क्षेत्रमा जाँदा मतदाताहरूले विगतका प्रतिबद्धताको जवाफ खोज्छन् । तर उहाँले आफ्नो मत फिर्ता लानु भनिराख्नु भाएको छ,’ उनले प्रश्न गरे ।

उनले विपद्‍मा देशभरि के भइराखेको छ भनेर जानकारी गराउन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेश) ले युरोपेली युनियन (ईयू) को ‘एयर सेफ्टी लिस्ट’ बाट नेपालललाई हटाउनु सरकारको उच्च प्राथमिकता रहेको दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । प्राविधिक तथा संस्थागत सुधारसँगै कूटनीतिक तवरबाट समेत पहल गरिरहेको बताए । ईयूका राजदूत र ईयू सदस्य राष्ट्रसँग ...
। ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विद्युतका पुराना संरचना रहेकाले पटक पटक बिजुली जाने गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अब विद्युत संरचना सुधार र सुदढीकरणलाई प्राथमिकता दिएको बताए । सरकारसँगको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले प्राथिमकताका साथ वितरण प्रणालीमा काम गरेको उनले बताए । सोही अनुसार ...
। बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिष्मा कठरियाले थारु बहुल क्षेत्रलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद कठरियाले थारु समुदायको समस्या समाधान र न्यायका लागि स्वायत्त क्षेत्र घोषणा गरेर तत्काल कार्यान्वयनको प्रक्रिया सुरु गर्न माग गरेकी हुन् । ‘…त्यसैले थारु बहुल क्षेत्रका यी सम्पूर्ण समस्याहरुको दीर्घकालीन समाधानका ...
। वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ६० हजार ४ सय ७२ पुरूष र ९ हजार ९ सय ६९ महिला छन् । एक महिना अवधिमा ४२ ...