। नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले धनकुटाका जनताहरु निराशमा रहेको बताएका छन् । जीविका चलाउन गाँजा खेती गरेका युवाहरूले जेल भरिएको उनको भनाइ थियो।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो भएको बताए। नेपालको हावापानी सुहाउँदो हिमाल, पहाड र तराईमा गाँजा खेती हुने भन्दै उनले यस निम्ति निम्ति कानुन बनाउन आवश्यक रहेको बताए।
विश्व स्वास्थ्य संगठनले ९९ प्रतिशत गाँजा औषधिको निम्ति प्रयोग हुन्छ भनेर प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले भने, ‘ विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले गाजा लागुऔषध होइन भनेर त्यो सूचीबाट हटाइसक्यो।’
नेपालले पनि कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ।
‘६२ देशमा देशमा गाँजा खेती हुन्छ। त्यहाँको आर्थिक समृद्धि विशाल भएको छ। तमाम युवालाई रोजगारको व्यवस्था भएको छ’ उनले भने ।
नेपालमा पनि राम्रो उत्तम गाँजा हुने उल्लेख गर्दै उनले दोहोर्याए, ‘तर आज हामीले गाजाको कानुन बनाउन सकेको छैनौं ।’