मुख्य समाचार
विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी
विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी

। परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निश्कल राईले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको बताए ।

मन्त्री खनालका अनुसार, विदेशस्थित नेपाली नियोगहरूको घरभाडाका लागि मात्रै गत आर्थिक वर्षमा करिव १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । यो रकम परराष्ट्र मन्त्रालयका लागि विनियोजित कुल बजेटको करिब १७ प्रतिशत हुन आउँछ । इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा र बेइजिङ लगायतका स्थानमा नेपाल सरकारको नाममा जग्गा भएपनि हालसम्म भवन बन्न सकेका छैनन् ।

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६५ मा विदेशमा भवन निर्माण गर्दा सम्बन्धित देशको भवन संहिता र मापदण्ड पालना गर्ने स्पष्ट व्यवस्था नहुँदा निर्माण प्रक्रियामा ढिलाइ भएको मन्त्री खनालले बताए ।

यद्यपि, वर्तमान सरकारले सार्वजनिक खरिद ऐनको दफा ६७ (ङ) मा संशोधन गरी विदेशस्थित नियोगहरूले कार्यविधि बनाएर भवन निर्माण गर्नसक्ने कानूनी आधार तयार गरेको उनले सदनलाई जानकारी दिए ।

हाल अस्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्याण्डको बैंककमा चान्सरी तथा आवासीय भवन निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेश) ले युरोपेली युनियन (ईयू) को ‘एयर सेफ्टी लिस्ट’ बाट नेपालललाई हटाउनु सरकारको उच्च प्राथमिकता रहेको दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । प्राविधिक तथा संस्थागत सुधारसँगै कूटनीतिक तवरबाट समेत पहल गरिरहेको बताए । ईयूका राजदूत र ईयू सदस्य राष्ट्रसँग ...
। ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विद्युतका पुराना संरचना रहेकाले पटक पटक बिजुली जाने गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अब विद्युत संरचना सुधार र सुदढीकरणलाई प्राथमिकता दिएको बताए । सरकारसँगको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले प्राथिमकताका साथ वितरण प्रणालीमा काम गरेको उनले बताए । सोही अनुसार ...
। बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिष्मा कठरियाले थारु बहुल क्षेत्रलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद कठरियाले थारु समुदायको समस्या समाधान र न्यायका लागि स्वायत्त क्षेत्र घोषणा गरेर तत्काल कार्यान्वयनको प्रक्रिया सुरु गर्न माग गरेकी हुन् । ‘…त्यसैले थारु बहुल क्षेत्रका यी सम्पूर्ण समस्याहरुको दीर्घकालीन समाधानका ...
। वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ६० हजार ४ सय ७२ पुरूष र ९ हजार ९ सय ६९ महिला छन् । एक महिना अवधिमा ४२ ...