मुख्य समाचार
सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग
सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै सांसद शाहीले नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले थामिएको भएपनि राज्यले श्रमिकहरूको पीडाप्रति आँखा चिम्लेको आरोप पनि लगाए ।

हालसम्म झन्डै २१ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बताउँदै उनले सोही रकमबाट राज्य सञ्चालन भइरहेको तर श्रमिकहरूको जीवन र अधिकार भने असुरक्षित रहेको बताए ।


‘नेपालबाट श्रम स्वीकृति लिएर र नलिई वैदेशिक रोजगारीमा जानेको संख्या झन्डै एक करोड पुग्न लागेको छ । तर उनीहरू विदेशमा ठगिएका छन्, अलपत्र परेका छन् र सम्झौता अनुसारको काम र तलब नपाउँदा मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य छन्,’ उनले भने ।

सांसद शाहीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको संख्या भयावह रहेको उल्लेख गर्दै हालसम्म १६ हजार ७ सय ६० नेपालीको शव बाकसमा फर्किएको बताए ।

जापानको उदाहरण दिँदै पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेश) ले युरोपेली युनियन (ईयू) को ‘एयर सेफ्टी लिस्ट’ बाट नेपालललाई हटाउनु सरकारको उच्च प्राथमिकता रहेको दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । प्राविधिक तथा संस्थागत सुधारसँगै कूटनीतिक तवरबाट समेत पहल गरिरहेको बताए । ईयूका राजदूत र ईयू सदस्य राष्ट्रसँग ...
। ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विद्युतका पुराना संरचना रहेकाले पटक पटक बिजुली जाने गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अब विद्युत संरचना सुधार र सुदढीकरणलाई प्राथमिकता दिएको बताए । सरकारसँगको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले प्राथिमकताका साथ वितरण प्रणालीमा काम गरेको उनले बताए । सोही अनुसार ...
। बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिष्मा कठरियाले थारु बहुल क्षेत्रलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद कठरियाले थारु समुदायको समस्या समाधान र न्यायका लागि स्वायत्त क्षेत्र घोषणा गरेर तत्काल कार्यान्वयनको प्रक्रिया सुरु गर्न माग गरेकी हुन् । ‘…त्यसैले थारु बहुल क्षेत्रका यी सम्पूर्ण समस्याहरुको दीर्घकालीन समाधानका ...
। वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ६० हजार ४ सय ७२ पुरूष र ९ हजार ९ सय ६९ महिला छन् । एक महिना अवधिमा ४२ ...