मुख्य समाचार
सांसद करिष्मा कठरियाले थारु बहुल क्षेत्रलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग माग
सांसद करिष्मा कठरियाले थारु बहुल क्षेत्रलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग माग

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिष्मा कठरियाले थारु बहुल क्षेत्रलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद कठरियाले थारु समुदायको समस्या समाधान र न्यायका लागि स्वायत्त क्षेत्र घोषणा गरेर तत्काल कार्यान्वयनको प्रक्रिया सुरु गर्न माग गरेकी हुन् ।

‘…त्यसैले थारु बहुल क्षेत्रका यी सम्पूर्ण समस्याहरुको दीर्घकालीन समाधानका लागि नेपालको संविधानको धारा ५६ को उपधारा ५ ले दिएको संवैधानिक अधिकार प्रयोग गरी थारु बहुल क्षेत्रलाई विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गरी तत्काल कार्यान्वयनको सुरुआत गर्न विशेष माग गर्दछु’, संसद्‌मा उनले भनिन् ।

संविधानको धारा ५६ को उपधारा ५ को व्यवस्था अनुसार ‘संघीय कानुन बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने’ उल्लेख गरिएको छ ।

उनले थारु स्वायत्त क्षेत्र थारु समुदायका लागि मात्रै नभई समग्र देशका लागि न्याय समानता पहिचान सुशासन र समृद्धको वास्तविक आधार बन्ने दाबीसमेत गरिन् । यसो भएको खण्डमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र र सामाजिक न्यायसहितको लोककल्यानकारी राज्यले सार्थकता पाउने उनको भनाइ छ ।

सांसद कठरियाले थारुहरुका मागहरु सम्बोधन गर्ने (स्वायत्त क्षेत्र घोषणा) प्रक्रिया सुरु नभएसम्म आफू संसद्‌मा सधैं प्रतिपक्षको भूमिकामै रहने चेतावनीसमेत दिएकी छन् । ‘जबसम्म हाम्रा यी न्यायोचित मागहरु सम्बोधन गर्ने प्रक्रिया सुरु हुँदैनन्, तबसम्म मलाई सत्तापक्षको सांसद हुँ भन्नेसम्मको नैतिक अधिकार रहने छैन । माग पूरा नभएसम्म सदनमा शोषित पीडित थारु समुदायको सशक्त प्रतिपक्षी आवाज बनिरहनेछु ।’

उनले वि.स. २०७२ को कैलाली टीकापुर घटनामा थारुहरुलाई झुटा मुद्दा लगाइएको भन्दै आपत्तिसमेत जनाएकी छन् । उनले यो घटनाले न्याय नपाएसम्म आफू थारुहरुको वास्तविक प्रतिनिधिसमेत हुन नसक्ने बताइन् । यस्तै असमानताका कारण आफू सांसद भए पनि मनभित्रबाट यसको गरिमा महसुस नभएको बताइन् ।

यस्तो छ सांसद कठरियाको सम्बोधनको सम्पादित अंश

मैले मनभित्रबाट सांसद पदको गरिमा पूर्णरुपमा महसुस गर्न सकिरहेको छैन । कारण-मेरो समुदायले आजसम्म पनि समान न्याय र अधिकार पाएको छैन । हाम्रो समुदायमाथि अझै पनि झुटा मुद्दा लगाएर असमान व्यवहार गरिँदैछ । विक्रम संवत २०७२ को टीकापुर घटनाले न्याय नपाएसम्म म कसरी थारुको वास्तविक प्रतिनिधि बनेर शान्त बसिरहन सक्छु ।

हामीले आफ्नो रगत र पसिनाले उब्जाउ भूमि बनायौं तर राज्यले हामीलाई वन्यजन्तुभन्दा कम महत्व दियो । दिनहुँ थारुहरु वन्यजन्तुको सिकार बनिरहेनु परेको छ । सर्वोच्च अदालतले राज्यका हरेक निकायमा थारुहरुको समावेशी प्रतिनिधित्व सुनिश्चित गर भन्छ । तर यो राज्यको चरित्र बदलिएको छैन । यी अधिकारहरु माग्दै गर्दा कयौंले आफ्नो बलिदानी दिनुपरेको छ । सिकलसेल लगायतका गम्भीर रोगको उपचार खर्चन नपाएर थारु नागरिकहरु अकालमा ज्यान गुमाउन बाध्य छन् । आफ्नै मातृ भाषामा पढ्न पाउने संवैधानिक अधिकारसमेत प्रयोग गर्न नपाउँदा कसरी समानताको अनुभूति गर्न सक्छन् थारुहरु ?

त्यसैले थारु बहुल क्षेत्रका यी सम्पूर्ण समस्याहरुको दीर्घकाली समाधानका लागि नेपालको संविधानको धारा ५६ को उपधारा ५ ले दिएको संवैधानिक अधिकार प्रयोग गरी थारु बहुल क्षेत्रलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गरी तत्काल कार्यान्वयनको सुरुआत गर्न विशेष माग गर्दछु ।

यो थारु समुदायका लागि मात्रै नभई समग्र देशका लागि न्याय समानता पहिचान सुशासन र समृद्धको वास्तविक आधार बन्ने छ । तब मात्र संघीय लोकतान्त्रिक गणतन्त्र र सामाजिक न्यायसहितको लोककल्यानकारी राज्यले सार्थकता पाउनेछ ।

जबसम्म हाम्रा यी न्यायोचित मागहरु सम्बोधन गर्ने प्रक्रिया सुरु हुँदैनन् तबसम्म मलाई सत्तापक्षको सांसद हुँ भन्नेसम्मको नैतिक अधिकार रहने छैन । माग पूरा नभएसम्म सदनमा शोषित पीडित थारु समुदायको सशक्त प्रतिपक्षी आवाज बनिरहनेछु ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेश) ले युरोपेली युनियन (ईयू) को ‘एयर सेफ्टी लिस्ट’ बाट नेपालललाई हटाउनु सरकारको उच्च प्राथमिकता रहेको दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । प्राविधिक तथा संस्थागत सुधारसँगै कूटनीतिक तवरबाट समेत पहल गरिरहेको बताए । ईयूका राजदूत र ईयू सदस्य राष्ट्रसँग ...
। ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विद्युतका पुराना संरचना रहेकाले पटक पटक बिजुली जाने गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अब विद्युत संरचना सुधार र सुदढीकरणलाई प्राथमिकता दिएको बताए । सरकारसँगको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले प्राथिमकताका साथ वितरण प्रणालीमा काम गरेको उनले बताए । सोही अनुसार ...
। बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय ...
। वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ६० हजार ४ सय ७२ पुरूष र ९ हजार ९ सय ६९ महिला छन् । एक महिना अवधिमा ४२ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण ...