। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेश) ले युरोपेली युनियन (ईयू) को ‘एयर सेफ्टी लिस्ट’ बाट नेपालललाई हटाउनु सरकारको उच्च प्राथमिकता रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । प्राविधिक तथा संस्थागत सुधारसँगै कूटनीतिक तवरबाट समेत पहल गरिरहेको बताए ।
ईयूका राजदूत र ईयू सदस्य राष्ट्रसँग आग्रह गरिएको समेत उनको भनाइ छ । उनले ईयूको प्रतिबन्धलाई कालोसूची नभन्न समेत अनुरोध गरे ।
नेपालको हवाई उद्योग सन् २०१३ देखि ईयूको प्रतिबन्धमा छ । उनले ईयूबाट आउने थप प्रतिक्रियापछि सुधारका काम अगाडि बढाइने समेत जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण नियामक र सेवा प्रदायक एउटै भएकाले अहिले यसलाई विभाजन गर्ने विधेयकहरूको काम अगाडि बढेको उनले बताए ।