मुख्य समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित ८ विदेशी नागरिकलाई पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित ८ विदेशी नागरिकलाई पक्राउ

: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित ८ विदेशी नागरिकलाई पक्राउ परेका छन् । विमानस्थलमा ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित ५ जना म्यानमारका र तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।

उनका अनुसार म्यान्मारका नागरिक थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका थिए। भारतीय भने थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका थिए। प्रहरीले गाँजासहित ८ थान राहदानी र ८ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको निरौलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार विशेष अदालतमा घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । अख्तियारको दाबी अनुसार, आर्थिक वर्ष ...
: नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। मंगलबार पार्टी कार्यालय सानेपामा गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको हो। सर्वपक्षीय ...
। हुम्लामा एक वर्षअघि बरामद गरिएको चिनियाँ अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । अघिल्लो वर्ष कात्तिक २१ गते नाम्खा गाउँपालिका-३, लामाखोल्सीबाट बरामद भएको ४०२ अवैध चिनियाँ मदिरा मंगलबार प्रहरीले नष्ट गरेको हो । उक्त मदिरा ४ हजार ८२४ बोतल रहेको र त्यसको बजार मूल्य २४ लाख १२ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरुसंग आफू निरन्तर छलफलमा रहेको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाका लागी तोकिएका निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सभापति थापाले औपचारिक रुपमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको बताए। सदस्यता वितरण र निष्पक्षताबारे कसैको पनि असन्तुष्टि, प्रश्न वा आशंका भएमा नयाँ समिति बनाएर ...
: सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ। उक्त बजेट सञ्चालनका लागि परराष्ट्र मन्त्रालयले तयार गरेको कार्यविधि अर्थ मन्त्रालयको स्वीकृतिको प्रतीक्षामा रहेको छ। धादिङको धुनिवेशी नगरपालिका-जुगाडी स्थायी ठेगाना भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा ...