मुख्य समाचार
मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु
मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु

: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ।

क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, केन्टकी र न्यु जर्सीले गरिरहेका छन्।

अदालतमा बहस सुरु गर्दै क्यालिफोर्नियाकी डेपुटी एटर्नी जनरल मेगन ओ निलले मेटाको व्यापारिक मोडल प्रयोगकर्तालाई लत बसाउने, उनीहरूलाई लामो समय मञ्चमा अड्याउने, डेटा संकलन गर्ने र सार्वजनिक रूपमा सत्य कुरा लुकाउने सिद्धान्तमा आधारित रहेको दाबी गरिन्। उनले बालबालिकाहरूलाई कम्पनीले एउटा ’उत्पादन’ का रूपमा प्रयोग गर्दै उनीहरूलाई निरन्तर एपमा अल्झाइराख्न विभिन्न फिचरहरू डिजाइन गरेको आरोप लगाइन्। अभियोजकहरूका अनुसार मेटाले १३ वर्षमुनिका बालबालिकाको गोपनीयता रक्षा गर्ने अमेरिकी कानुनको ठाडो उल्लंघन गरेको छ।




अमेरिकी राज्यहरूले यस मुद्दामा मेटाबाट अर्बौँ डलर क्षतिपूर्तिको माग मात्र गरेका छैनन्, इन्स्टाग्राम र फेसबुकको कार्यशैलीमै व्यापक परिवर्तनको माग राखेका छन्। राज्यहरूले अटोप्ले, असीमित स्क्रोल, अनुहारको रूप फेर्ने फिल्टरहरू, र २४ घण्टामा हट्ने स्टोरी जस्ता फिचरहरू बन्द गर्नुपर्ने माग गरेका छन्। त्यसैगरी, किशोर–किशोरीका लागि अभिभावकीय प्रमाणीकरण लागू गर्न र प्रयोगकर्तालाई अल्झाइ राख्ने एल्गोरिदममा सुधार गर्न पनि जोड दिइएको छ। केन्टकीका एटर्नी जनरलले यस कानुनी लडाइँलाई सन् १९९० को दशकमा सुर्तीजन्य कम्पनीहरूविरुद्ध चालिएको ऐतिहासिक कानुनी कदमसँग तुलना गरेका छन्।

अर्कोतर्फ, मेटाले भने आफ्नाविरुद्ध लागेका सबै आरोपहरूको खण्डन गरेको छ। कम्पनीका प्रवक्ताले आफूहरू बालबालिका तथा किशोर–किशोरीहरूको सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र उनीहरूका लागि प्यारेन्टल कन्ट्रोल तथा प्राइभेट अकाउन्ट जस्ता सुरक्षा उपायहरू पहिल्यै उपलब्ध गराइएको दाबी गरेकी छन्।

युवा अवस्थाका मानिसहरूको मानसिक स्वास्थ्य एक जटिल विषय भएको र त्यसको सम्पूर्ण दोष एउटा एपलाई मात्र दिन नमिल्ने मेटाको तर्क छ। पूर्वकर्मचारी फ्रान्सिस होगेनले दिएको आन्तरिक बयानपछि सुरु भएको यो छानबिन अहिले अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो उपभोक्ता संरक्षण मुद्दामध्ये एक बनेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम