: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सडक संघर्षका लागि तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएकोले सडकबाट प्रतिवाद गर्नुपर्ने समय आएको बताएका छन्।
संघीयता,धर्म निरपेक्षता, समावेशी र समानुपातिक लगायत परिवर्तनको मुख्य सम्बाहक आफूहरू रहेकाले नेपाली कम्युनिस्ट पार्टी र यसको नेतृत्वलाई घेराबन्दी गर्ने षडयन्त्र भइरहेकोले सचेत हुनुपर्ने उनको भनाइ छ।'प्रतिक्रियावादी जाग्नु अघि नै क्रान्तिकारीहरुले धावा बोल्नुपर्छ 'उनले भने।
देशीविदेशी प्रतिक्रियावादीको उक्साहटमा संविधान उल्ट्याउने दुस्साहस गर्न खोजिएको जिकिर गर्दै उनले संविधान बनाउँदाको सहमतिबाट नभाग्न नेपाली कांग्रेसका दुबै समूहलाई आग्रह समेत गरे।