मुख्य समाचार
बागमतीमा दलको नेता थपलिया नै कायम रहने,थापालाई मुख्यमन्त्री बनाउने सहमति
बागमतीमा दलको नेता थपलिया नै कायम रहने,थापालाई मुख्यमन्त्री बनाउने सहमति

: बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने भएका छन् । मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत र उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराईसहित एमाले प्रदेश संसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।

सहमति लगत्तै दलको बैठक बसेर निर्णय गर्ने एमालेको तयारी छ । यसअघि दलको नेता परिवर्तन गरी पूर्वस्वास्थ्य मन्त्री समेत रहेका किरण थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश प्रमुख समक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरू भएको थियो भने,प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार नै नयाँ मुख्यमन्त्री नियुक्तको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समयअवधि दिएका थिए ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमति अनुसार बागमतीमा नयाँ सरकारको नेतृत्व एमालेले गर्ने भनिए पनि एमालेभित्र मुख्यमन्त्रीको पदका लागि आन्तरिक टकराप हुँदा एमालेले मुख्यमन्त्रीको टुङ्को लगाएको थिएन ।

बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट,नेकपा एमालेको २५ सिट छ । अन्य साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

प्रदेशसभामा निर्वाचित ११० जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय छ । बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेशसभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ । एमाले र नेकपा मिलेर (५१ सांसद) सरकार बनाउँदा २ सिट अपुग हुन्छ । बहुमत पुर्‍याउन अन्य साना दललाई सरकारमा सहभागी गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा रहेका छन् । प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् । उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुक पनि फेला परेको छ । इलाका प्रहरी कार्यालय ...
। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए । भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक ...
। प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित राखेर अन्तर्क्रिया गर्ने भएको छ । बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिनेछन् । बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक नेताले बताए ...
: नेपाली कांग्रेस सांसद बासना थापाले सरकारले जनतालाई आधारभूत राहतसमेत दिन नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले जनताले राहत र सिटामोलसमेत नपाउने तथा सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको बताइन्। ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर ...
: ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ मा एउटा सडक निर्माणका क्रममा उठेको जग्गा विवादले नेपालको चार दशक पुरानो जग्गा प्राप्ति कानुनमाथि सर्वोच्च अदालतको ध्यान तानेको छ। निजी जग्गा प्रयोग गरेर सडक बनाइसकेपछि मुआब्जा र क्षतिपूर्तिको माग गर्दै परेको मुद्दामा सर्वोच्चले सार्वजनिक सडक कायम राख्दै प्रभावित जग्गाधनीलाई कानुनबमोजिम मुआब्जा तथा क्षतिपूर्ति दिन आदेश दिएको छ। संघीय संरचनाअनुकूल नयाँ जग्गा ...