मुख्य समाचार
नेपाल प्रहरीको साइबर ब्यूरोले केवाइसी अपडेटका नाममा खातामा रकमान्तर गरेर ठगी गर्ने ४ जनालाई पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले केवाइसी अपडेटका नाममा खातामा रकमान्तर गरेर ठगी गर्ने ४ जनालाई पक्राउ

: नेपाल प्रहरीको साइबर ब्यूरोले केवाइसी अपडेटका नाममा खातामा रकमान्तर गरेर ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए। उनीहरूले केवाइसी अपडेट गर्नुपर्ने भन्दै पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने,‍ओटिपी कोड माग्ने र त्यसका आधारमा पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम अन्य खातामा रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा रहेका छन् । प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् । उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुक पनि फेला परेको छ । इलाका प्रहरी कार्यालय ...
। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए । भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक ...
। प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित राखेर अन्तर्क्रिया गर्ने भएको छ । बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिनेछन् । बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक नेताले बताए ...
: नेपाली कांग्रेस सांसद बासना थापाले सरकारले जनतालाई आधारभूत राहतसमेत दिन नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले जनताले राहत र सिटामोलसमेत नपाउने तथा सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको बताइन्। ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर ...
: ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ मा एउटा सडक निर्माणका क्रममा उठेको जग्गा विवादले नेपालको चार दशक पुरानो जग्गा प्राप्ति कानुनमाथि सर्वोच्च अदालतको ध्यान तानेको छ। निजी जग्गा प्रयोग गरेर सडक बनाइसकेपछि मुआब्जा र क्षतिपूर्तिको माग गर्दै परेको मुद्दामा सर्वोच्चले सार्वजनिक सडक कायम राख्दै प्रभावित जग्गाधनीलाई कानुनबमोजिम मुआब्जा तथा क्षतिपूर्ति दिन आदेश दिएको छ। संघीय संरचनाअनुकूल नयाँ जग्गा ...