मुख्य समाचार
जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह
जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह

। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ ।

जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् ।

५० शैय्याको जिल्ला अस्तततालमा डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित भएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनले चिकित्सकको अभावका कारण सेवा प्रवाहमा समस्या गहिरो भएको बताए ।

यता मुख्यमन्त्री शाहीले जाजरकोट अस्पतालमा डाक्टरको व्यवस्थापन बारे आफू गम्भीर रहेको बताएका छन् ।

अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गए पनि पर्याप्त चिकित्सक नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको छ । विशेषगरी पछिल्लो समय बाढीपहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ ।

ज्वरो, रुघाखोकी, चोटपटक तथा अन्य स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढे पनि जनशक्ति अभावका कारण प्रभावकारी सेवा दिन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अस्पतालमा चिकित्सकको अभाव हुँदा आकस्मिक तथा नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ सेवा र बिरामीको उपचारमा समेत असर परेको छ । सामान्य उपचारका लागि समेत बिरामीले लामो समय कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ ।

जाजरकोटका दुर्गम बस्तीबाट उपचारका लागि जिल्ला अस्पताल आउने नागरिकका लागि चिकित्सक अभाव थप समस्या बनेको छ । जिल्लामा बाढीपहिरोको जोखिम बढिरहेका बेला घाइते तथा बिरामीको उपचारका लागि अस्पतालमा पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको छ ।

स्वास्थ्यकर्मीहरूले विपद्का बेला अस्पतालमा बिरामीको चाप अझ बढ्न सक्ने भएकाले तत्काल आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार जनशक्ति थप गर्न नसकिएमा विपद् प्रभावित नागरिकलाई समयमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन हुने अवस्था छ ।

स्थानीयवासीले जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गर्नुका साथै विशेषज्ञ चिकित्सकको नियमित सेवा उपलब्ध गराउन प्रदेश तथा संघीय सरकारसँग माग गरेका छन् । विपद्का बेला उपचार सेवामा थप दबाब पर्ने भएकाले तत्काल अस्थायी रूपमा भए पनि चिकित्सक थप गर्नुपर्ने उनीहरूको भनाइ छ ।

पहिरो विस्थापितमा ज्वरो र रुघाखोकीको समस्या



बाढी पहिरोबाट विस्थापित भएका स्थानीयबासीहरु विरामी भएका छन् । भेरी नगरपालिका–२/३ बाट विस्थापित भई विद्यालयमा बस्दै आएका विस्थापितहरुमा रुखाघोकी , ज्वारो देखिएको हो । जाँचको क्रममा ६९१ जनामा यस्तो समस्या देखिएको चिकित्सकले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी शिविरमा रहेकाहरुमा स्वास्थ्य समस्या देखिन थालेको हो ।

सोमबार भेरी नगरपालिका र कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेल्टरमा रहेका ९० जना विस्थापितको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो विस्थापितहरुमा पछिल्ला दिनमा विस्थापितमा ज्वरो र रुघाखोकीका लक्षण देखिन थालेको भेरी नगरपालिकाको स्वजास्थ्य शाखाले जानकारी दिएको छ । खानेपानीका अधिकांश स्रोत प्रदूषित भएकाले सुरक्षित खानेपानीको व्यवस्थापन मुख्य चुनौती भएको बताएको छ ।

भेरी नगरपालिकाका वडा नं. १, २, ३ र ४ का विभिन्न बस्तीमा गएको पहिरोमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोका कारण सयौँ नागरिक विस्थापित भएका छन्। उनीहरू विद्यालय तथा अन्य सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन् ।

वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा सुत्केरी आमासमेत सेल्टरमा रहेकाले पानीजन्य तथा कीटजन्य रोग फैलिन सक्ने जोखिम उच्च रहेको उनीहरूको भनाइ छ ।

नगरपालिकाले विस्थापित बसेका सेल्टरमा स्वास्थ्य डेस्क स्थापना गरी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा ...
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...