मुख्य समाचार
ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी
ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् ।

पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ ।

यसअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभाग घोषणा गर्ने योजना रहेको बताएका थिए ।

इरानले भने ट्रम्पको दाबीलाई अस्वीकार गर्दै स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण कायम रहेको जनाएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रजाईले अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता नगरेसम्म तथा लेबनान र गाजासहित क्षेत्रमा युद्धविरामका लागि सहमत नभएसम्म होर्मुज बन्द रहने बताएका छन् ।

इरानले होर्मुजको ठूलो हिस्सामा नियन्त्रण गुमाएको सीएनएनको दाबी

स्ट्रेट अफ होर्मुज माथि नियन्त्रणका लागि जारी संघर्ष इरान युद्धको प्रमुख केन्द्र बनेको छ ।

पछिल्ला केही महिनायता इरान र अमेरिका दुवै देशले स्ट्रेट अफ होर्मुजमाथि आफूहरूको पकड बलियो रहेको दाबी गर्दै आएका छन् । तर पछिल्लो तथ्यांकले भने अमेरिकी नौसेनाको सक्रिय उपस्थितिबीच इरानले महत्त्वपूर्ण जलमार्गमाथिको आफ्नो नियन्त्रणको ठूलो हिस्सा गुमाउँदै गएको देखाएको सीएनएनले जनाएको छ ।

जहाजको ट्रान्सपोन्डर र स्याटेलाइट डेटामार्फत निगरानी गर्ने कम्पनी केप्लरका अनुसार, पछिल्ला दुई सातामा होर्मुज जलडमरूमध्यबाट भएका जहाज आवागमनमध्ये ८० प्रतिशतभन्दा बढी ओमानतर्फको मार्गबाट भएका छन् । यो संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सामुद्रिक मार्ग हो, जसको इरानले लामो समयदेखि कडा विरोध गर्दै आएको छ ।

इरानले होर्मुज जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्दै ओमानको उत्तरी तट हुँदै जलमार्ग पार गर्न खोज्ने दर्जनौँ जहाजमाथि आक्रमण गरेको छ । तर आक्रमणको जोखिमका बाबजुद पछिल्लो समय अधिकांश जहाजले इरानको चेतावनी बेवास्ता गर्दै अमेरिकी नौसेनाको सुरक्षाको आश्वासनसहित उक्त मार्ग प्रयोग गर्न थालेका छन् ।

केप्लरका कच्चा तेल विश्लेषण प्रमुख होमायुन फलाक्शाहीले इरानले जलडमरूमध्यमाथिको नियन्त्रण कम्तीमा आंशिक रूपमा गुमाएको देखिएको बताएका छन् ।

एक महिनामै बदलियो अवस्था

केप्लरका अनुसार, एक महिनाअघि ओमानतर्फको मार्गबाट लगभग कुनै पनि व्यावसायिक जहाज आवागमन भएको थिएन । तर अहिले यही मार्ग प्रमुख विकल्प बनेको छ ।

इरानले प्राथमिकता दिएको मार्गमा जहाजको आवागमन घटेपछि उसले होर्मुज हुँदै जाने जहाजबाट शुल्क उठाउने अवसरसमेत गुमाएको छ । यसअघि वसन्त ऋतुमा इरानले यस्तो शुल्क उठाउँदै आएको थियो ।

अमेरिका र इरानबीचको समझदारीपत्र (एमओयू) यसै साता समाप्त भएपछि सैद्धान्तिक रूपमा इरानले पुन: जहाजबाट शुल्क लिन सक्ने अवस्था बनेको छ । तर व्यवहारमा उसले त्यस्तो शुल्क उठाउन सकेको देखिएको छैन ।

ऊर्जा विज्ञ डान पिकरिङका अनुसार मध्यपूर्वका अधिकांश पक्ष इरानलाई यस्तो शुल्क तिर्न इच्छुक छैनन् । त्यसैले ओमानतर्फको मार्ग नै जहाजका लागि सबैभन्दा व्यावहारिक विकल्प बनेको छ ।

तेल ट्यांकरले अपनाए ‘डार्क ट्राफिक’

कुवेत, साउदी अरब र यूएईले विश्वकै ठूला तेल ट्यांकरमध्ये पर्ने ‘भेरी लार्ज क्रुड क्यारियर’ (भीएलसीसी) चार्टर गरी फारसको खाडीबाट होर्मुज जलडमरूमध्य हुँदै तेल बाहिर पठाइरहेका छन् । उनीहरूले खाडीको जोखिमपूर्ण क्षेत्रभन्दा बाहिर ओमानको खाडीमा ग्राहकका ट्यांकरमा तेल स्थानान्तरण गर्ने गरेका छन् ।

इरानी आक्रमणबाट बच्न कतिपय ट्यांकरले आफ्नो ट्रान्सपोन्डर बन्द गर्ने गरेका छन् । यस्तो गतिविधिलाई ‘डार्क ट्राफिक’ भनिन्छ ।

ट्रान्सपोन्डर बन्द गरिएका कारण परम्परागत जहाज निगरानी प्रणालीले यस्ता जहाजको आवागमन पूर्ण रूपमा पहिचान गर्न कठिन हुन्छ । यद्यपि, केही जहाजलाई स्याटेलाइटमार्फत पहिचान गर्न सकिन्छ ।

अमेरिकाले भने होर्मुज जलडमरूमध्यमा ठूलो सैन्य शक्ति परिचालन गरेको छ । अमेरिकी अधिकारीहरूले परम्परागत अनुमानभन्दा जलमार्गमा तेल ढुवानीको मात्रा निकै बढी रहेको बताएका छन् ।

अमेरिकी ऊर्जा सचिव क्रिस राइटले गत साता होर्मुज हुँदै र वैकल्पिक मार्गबाट ढुवानी भइरहेको तेलको संयुक्त मात्रा एक साताको अवधिमा दैनिक करिब १ करोड ५० लाख ब्यारेल रहेको बताएका थिए । युद्ध सुरु हुनुअघि दैनिक औसत करिब २ करोड ब्यारेल तेल ढुवानी हुने गरेको थियो ।

अमेरिकाको ‘पूर्ण नियन्त्रण’ दाबीमा प्रश्न

यही तथ्यांकका आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाले होर्मुज जलडमरूमध्यमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरेका थिए । उनले यसअघि पनि पटक–पटक यस्तै दाबी गर्दै आएका छन् ।

तर इरानले अझै पनि जहाजमाथि आक्रमण गरिरहेको र तेलको आवागमन युद्धअघिको स्तरभन्दा निकै कम रहेकाले अमेरिकाले जलडमरूमध्यमाथि पूर्ण नियन्त्रण कायम गरेको दाबीमा प्रश्न उठेको छ ।

विश्लेषकहरूका अनुसार, जलडमरूमध्यमा न त इरानको पूर्ण नियन्त्रण छ, न त अमेरिकाको ।

ऊर्जा विज्ञ पिकरिङका अनुसार इरानको उद्देश्य जलडमरूमध्यमाथि पूर्ण नियन्त्रण कायम गर्नु भन्दा आफ्नो प्रभाव र प्रतिरोध क्षमता देखाउनु हुन सक्छ । उनका अनुसार इरानले अझै पनि जहाजहरूलाई केही हदसम्म रोक्न सक्ने क्षमता राखेको छ ।

तर यदि अमेरिकाले दाबी गरेजस्तै ठूलो मात्रामा तेल ट्यांकरहरू होर्मुज हुँदै आवतजावत गरिरहेका छन् भने, एक–दुई महिनाअघिको तुलनामा इरानको प्रतिरोध क्षमता र जलडमरूमध्यमाथिको नियन्त्रण स्पष्ट रूपमा कमजोर भएको देखिन्छ ।

यसैबीच, ओमान र इरानले अमेरिकी सहभागिताबिना होर्मुज जलडमरूमध्यमा स्वतन्त्र सामुद्रिक आवागमन पुन:स्थापित गर्ने विषयमा वार्ता गरिरहेका छन् । यस वार्ताले जलमार्गबाट हुने तेल ढुवानी र त्यसको नियन्त्रणमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

सीएनएनले लेखेको छ, ‘तेल बजार विश्लेषक एन्डी लिपोका अनुसार होर्मुजको अवस्थाबारे आएका सबै दाबी र समाचारलाई सावधानीपूर्वक हेर्न आवश्यक भए पनि इरानले जलडमरूमध्यमाथिको आफ्नो नियन्त्रण आंशिक रूपमा गुमाएको निष्कर्ष निकाल्नु उचित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...