मुख्य समाचार
मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी
मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी

। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ ।

अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो ।

गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले एआई फेस रिकग्निसनको प्रयोग गरी मानिसहरूलाई पहिचान गर्ने र भिडियोलगायतका मिडिया फाइलहरू तयार पार्ने उल्लेख छ । सिनेटले उल्लेख गरे अनुसार, यो प्रविधिले लोकेशन डेटा र विभिन्न अनलाइन सेवाहरूको सहायता लिएर व्यापक दायरामा कन्टेन्ट निर्माण गर्न तथा मेटाका अन्य डिजिटल सेवाहरूसँग अन्तरक्रिया गर्नसमेत सघाउनेछ ।

यो नयाँ खुलासाले मेटा र यसका उत्पादनहरूको भविष्यलाई लिएर गोपनीयताका मामिलामा विवाद सिर्जना भएको छ । गोपनीयताका पक्षधरहरूले कम्पनीमाथि पर्याप्त सुरक्षा मापदण्ड नभएको भन्दै कडा आलोचना गरेको सिनेटले उल्लेख गरेको छ ।



सेन्टर फर डेमोक्रेसी एण्ड टेक्नोलोजीकी प्रविधि नीति विज्ञ एरियाना आबोलाफियालाई उद्धृत गर्दै सिनेटले लेखेको छ, ‘मेटाको यो पेटेन्टले अहिले सामान्य लाग्ने कुरा देखाए पनि यसको प्रयोग भोलिका दिनमा धेरै डरलाग्दा उद्देश्यका लागि हुनसक्छ । यसले स्टकिङ तथा घरेलु हिंसाका पीडितजस्ता सीमान्तकृत मानिसहरूलाई ठूलो जोखिममा पार्नसक्छ ।’

हाल सार्वजनिक भएको यो नयाँ पेटेन्टलाई स्वीकृति पाउन कति समय लाग्छ वा यो प्रविधि बजारमा आउँछ वा आउँदैन भन्नेबारे मेटाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

मेटाले यसअघि पनि आफ्नो मेटा एआई एपमा कसैलाई थाहा नदिई फेस रिकग्निसन कोड राखेको थियो । वायर्डको अनुसन्धानबाट यो रहस्य खुल्नेबित्तिकै मेटाले चर्को आलोचना खेप्नुपरेको थियो । सोही दबाबका कारण पछि मेटाले उक्त विवादास्पद सफ्टवेयरलाई एपबाट पूर्ण रूपमा हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो। तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ। म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ। सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनबाट ...
। युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ । मन्त्रालयका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका लागि ६८ हजार भन्दा बढीको आवेदन परेको हो । सुरुमा दुई हजार युवालाई लक्षित गरी योजना गरिएको उक्त तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएको ...
: मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन भएको छ। मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१, २, ४ र ५ का दर्जनौं गाउँबस्तीमा गत बिहीबारदेखि मोबाइल तथा फोरजी सेवा ठप्प रहेको त्यहाँका बासिन्दाले बताएका छन्। मोबाइल तथा इन्टरनेट चलाउन नपाउँदा स्थानीयवासी तथा भ्रमणका क्रममा त्यहाँ पुगेका विदेशी पर्यटकलाई समस्या भएको छ। ‘जटिल भौगोलिक अवस्था ...
: अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाले माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जनाएको छ । आइतबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी ...
। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो । माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ...