मुख्य समाचार
डेभिड वार्नरलाई मदिरा गरी सवारी चलाएको (ड्रिंक–ड्राइभिङ) मामिलामा एक हजार ५०० अस्ट्रेलियन डलर (करिब १ लाख रुपैयाँ) जरिवाना
डेभिड वार्नरलाई मदिरा गरी सवारी चलाएको (ड्रिंक–ड्राइभिङ) मामिलामा एक हजार ५०० अस्ट्रेलियन डलर (करिब १ लाख रुपैयाँ) जरिवाना

। अस्ट्रेलिया क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान डेभिड वार्नरलाई मदिरा गरी सवारी चलाएको (ड्रिंक–ड्राइभिङ) मामिलामा एक हजार ५०० अस्ट्रेलियन डलर (करिब १ लाख रुपैयाँ) जरिवाना गरिएको छ ।

यससँगै शरीरमा मदिराको मात्रा रहेको पत्ता लगाएमा कार स्टार्ट हुनबाट रोकिने इन्टरलक उपकरण कारमा जडान गर्न पनि आदेश दिइएको छ ।

वार्नरले गत अप्रिलमा सिड्नीमा मदिरा सेवन गरी सवारी चलाएको आरोप स्वीकार गरेका थिए ।

इस्टर सन्डेको एउटा कार्यक्रममा सहभागी भएर आफ्नो परिवारका सदस्यलाई घर लैजाँदै गर्दा उनी चेकिङमा परेका थिए । वार्नरले सडक किनारमा प्रहरीको जाँच भइरहेको देखेपछि आफ्नो कार रोकेका थिए । त्यसपछि उनले एक महिलासँग सिट साट्ने प्रयास समेत गरेका थिए ।

परीक्षण गर्दा उनको रगतमा मदिराको मात्रा तोकिएको सीमाभन्दा दुई गुणाभन्दा बढी पाइएको थियो । अदालतमा सुनुवाइका क्रममा वार्नरले आफूले मदिरा पिएर कार चलाएको स्वीकार गरेका थिए ।

त्यसपछि न्यायाधीश क्लेयर फार्ननले वार्नरलाई जरिवाना तोकेकी थिइन् । साथै वार्नरले भविष्यमा यस्तो गल्ती नगर्ने अपेक्षा आफूले गरेको बताएकी थिइन् ।

वार्नरले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी हाल फक्स स्पोर्ट्स अस्ट्रेलियाका लागि कमेन्टेटरका रूपमा काम गरिरहेका छन् । वार्नर पाकिस्तान सुपर लिगको टोली कराची किङ्स र बिग बास लिगको सिड्नी थन्डरका कप्तानसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...