मुख्य समाचार
निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा
निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा

। सर्लाहीको दक्षिणी भेगमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र स्थिर बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको उक्त प्रसारणलाइन गत ३० साउनमा चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनमार्फत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित ग्रिड सबस्टेसनबाट चक्रघट्टा गाउँपालिका–७ चैनपुरामा निर्माणाधीन ग्रिड सबस्टेसनसम्म विद्युत् प्रवाह सुरु गरिएको छ । लाइन सञ्चालनमा आएसँगै हरिपुर, हरिपुर्वा, मलंगवा, गोडैता तथा बरहथवा क्षेत्रको विद्युत् आपूर्ति थप व्यवस्थित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।

‘१३२ केभीको लाइन आइसकेको छ । अब यहाँबाट पाँचवटा ३३ केभी फिडर निकाल्ने योजना छ,’ आयोजनाका इन्जिनियर सुशान्तकुमार ठाकुरले भने, ‘हरिपुर, हरिपुर्वा, मलंगवा, गरहैया–डुमरिया र बरहथवा फिडरमार्फत विद्युत् आपूर्ति गर्ने तयारी भइरहेको छ । तीमध्ये मलंगवा र हरिपुर फिडरमा लाइन आपूर्ति गर्ने काम अन्तिम चरणमा पुगेको छ । भदौभित्रै ती क्षेत्रमा विद्युत् प्रवाह सुरु गर्ने लक्ष्य छ ।’

आयोजनाको सर्वेक्षण कार्य २०७६ सालमा सुरु भएको थियो । निर्माणका लागि २०७९ चैत २७ गते ठेक्का सम्झौता गरिएको थियो भने २०८० वैशाख २६ गतेदेखि निर्माण कार्य सुरु भएको थियो । २०८३ असोज मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको हो । आयोजनाको निर्माणको जिम्मा सिग्मा कन प्रालि–एमएसपीएल जेभीले पाएको छ ।



प्रसारणलाइन निर्माणका क्रममा टावर रहने जग्गा तथा लाइनमुनिको नौ–नौ मिटर दायाँ–बायाँ क्षेत्रका प्रभावित जग्गाधनीलाई ११ करोड ४० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ । यसमध्ये टावरका लागि अधिग्रहण गरिएको जग्गाबापत १० करोड रुपैयाँ र प्रसारण लाइन प्रभावित क्षेत्रका जग्गाधनीलाई १ करोड ४० लाख रुपैयाँ उपलब्ध गराइएको आयोजनाले जनाएको छ ।

हाल दक्षिणी भेगका अधिकांश क्षेत्रमा नवलपुरस्थित ग्रिड सबस्टेसनबाट लामो दूरीको प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुदै आएकाले बारम्बार प्राविधिक समस्या देखिने गरेको प्राविधिकहरू बताउँछन् । केही वर्षअघि नवलपुरमा ग्रिड सबस्टेसन निर्माण भई विद्युत् प्रवाह सुरु भएपछि जिल्लाको उत्तरी भेगमा भोल्टेज घट्ने तथा अनियमित विद्युत् कटौती हुने समस्या धेरै हदसम्म समाधान भएको थियो ।

यससँगै जिल्लामा १३२ केभी क्षमताका दुई ठूला ग्रिड सबस्टेसन पुगेका छन् । यसअघि लालबन्दी नगरपालिका–१ नवलपुरमा करिब ४६ करोड रुपैयाँको लगानीमा १३२ केभी क्षमताको ग्रिड सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको थियो । नवलपुर सबस्टेसनले जिल्लाको उत्तरी तथा मध्य भेगमा विद्युत् आपूर्ति गर्दै आएको छ भने सलेमपुर सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि दक्षिणी भेगको विद्युत् वितरण प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आउँदो स्थानीय चुनावमा विदेशमा रहेका नेपालीले मताधिकार पाउने गरी ऐन ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग राखेका हुन् । ‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो पटकको स्थानीय निर्वाचनमा संसारभर भएका नेपालीले भोट हाल्नका लागि जे जे गरिनुपर्छ त्यसलाई प्राथमिकतामा राखेर आजैबाट यसको काम सुरु गरियोस्,’ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङ्देनले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन रहेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् । ‘बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन ...
। वैदेशिक रोजगार बोर्डले १० जना स्वयंसेवक कर्मचारी माग गरेको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम र सचिवालयको आवश्यकताअनुसार स्वयंसेवक कर्मचारी पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवार सदस्य, अंगभंग तथा बिरामी भएका श्रमिक, वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूका परिवारका सदस्यबाट स्वयंसेवक ...
। सांसदहरूले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् । बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले साढे चार महिनामा पूर्वाधारमन्त्री सुनील लम्साल ५५ जिल्ला पुगेको विषयलाई पूर्वाग्रहले हुन नहुने आग्रह गरेका छन् । राजनीतिमा मतभेद भए पनि मानव्य संवेदनालाई भने ख्याल गर्नुपर्ने उनको आग्रह छ । मानवीय संवेदना, कर्तव्यबोध र निष्ठा राजनीति भन्दा माथि हुनुपर्ने भन्दै उनले लम्सालको बचाउ गरेका हुन् । जनताका समस्या र ...