मुख्य समाचार
बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला खेलका क्रममा चार दिनको अन्तरालमा दोस्रोपटक कोल्याप्स
बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला खेलका क्रममा चार दिनको अन्तरालमा दोस्रोपटक कोल्याप्स

। बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला खेलका क्रममा चार दिनको अन्तरालमा दोस्रोपटक कोल्याप्स भएका छन् । मंगलबार हाइडेनहाइम विरुद्धको मैत्रीपूर्ण खेलमा मैदान प्रवेश गरेको केही मिनेटमै उनी अचानक ढलेपछि चिकित्सकीय टोलीले मैदानमै उपचार गरेको थियो ।

२३ वर्षीय मुसियाला यसअघि शनिबार आरबी लाइपजिगविरुद्धको मैत्रीपूर्ण खेलमा पनि खेलकै क्रममा कोल्याप्स भएका थिए । लगातार दोस्रो घटना भएपछि उनले आफूमा ‘न्युरोलोजिकल डिसफङ्सन’ देखिएको र त्यसको उपचार भइरहेको बताएका छन् ।

मुसियालाले सामाजिक सञ्जालमार्फत आफूलाई अस्थायी र छोटो समय रहने ‘एब्सेन्स सिजर’ देखिएको बताएका छन् । उनका अनुसार यो समस्या उपचार गर्न सकिने खालको छ ।

‘पहिलो नजरमा यी घटना डरलाग्दा देखिन सक्छन् । तर अहिलेका लागि यो मेरो दैनिक जीवनको एउटा हिस्सा मात्रै हो’ उनले भनेका छन् ।



उनले आफूले राम्रो चिकित्सकीय उपचार पाइरहेको र अवस्थाप्रति आशावादी रहेको बताएका छन् । बायर्न, परिवार तथा साथीहरूबाट निरन्तर साथ र सहयोग पाइरहेको पनि उनले उल्लेख गरेका छन् ।

मंगलबारको खेलपछि बायर्नका खेल निर्देशक म्याक्स एबर्लले क्लबलाई मुसियालाको अवस्थाबारे पहिल्यै जानकारी रहेको बताएका थिए ।

मुसियाला गत वर्षको क्लब विश्वकपका क्रममा खुट्टाको हड्डी भाँचिएपछि करिब ६ महिना मैदानबाहिर रहेका थिए । पुनरागमनपछि उनले २०२६ को विश्वकपमा जर्मनीका चारमध्ये तीन खेलमा सुरुवाती ११ बाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...