। सप्तरीमा बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका तिरहुत गाउँपालिका–३ का दामोदर रजकलाई पक्राउ गरेको हो।
अदालतको फैसलाअनुसार रजकलाई १ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
रजकलाई फैसला कार्यान्वयनका सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।