मुख्य समाचार
सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ
सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ

। सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो ।

यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता र वित्तविज्ञहरू सदस्य हुनुहुन्छ ।

अपराह्न ४:०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित विद्युत् बढी भइ खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको जानकारी दिए ।



वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक नोक्सानी व्यहोर्नु परिरहेको जनाउँदै उनले ‘सिजनल ट्यारिफ’ मार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने बताए ।

सञ्चालक समिति सदस्य शाहीकाअनुसार उद्योगहरूलाई पनि सहुलियत दिने तयारी छ । उद्योगलाई वर्षायामको बिजुली सस्तो बनाउँदा उनीहरूले उत्पादन गर्ने सामानहरू उपभोक्तालाई कति सस्तोमा दिन सक्छ भनेर समन्वय पनि भइरहेको छ ।

‘सिजनल ट्यारिफ’ गर्दा पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ, सञ्चालक समिति सदस्य शाहीले भने, ‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन्छ भनेर पनि छलफल भएको छ । हामी छिटै निर्णय गर्छौं ।’ रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार, संसदीय दलको विधान संशोधन कार्यदल बनाइएको हो । ‘आवश्यकता अनुसार संसदीय दलको विधान संशेधन गर्न मुख्य सचेतकको नेतृत्वमा विधान संशोधन कार्यदल बनेको छ,’ उनले जानकारी दिए । बुधबार रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले निर्वाचन क्षेत्रकेन्द्रित र सरकारको कामकारबाहीकेन्द्रित विषय उठाएका छन् । सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ पनि दिए । सभापति लामिछानेको आह्वानमा बुधबार रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा सांसद र मन्त्रीहरू समेतको उपस्थितिमा बैठक बसेको हो । यसबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले ...
। नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् । जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । रावल, सिस्ने गाउँपालिका–८ रूकुम पूर्वका हुन् ।
। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई ललितपुर बस्ने ५४ वर्षीय जितबहादुर घले छन् । उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै उनले थुनामा रहेका व्यक्तिलाई छुटाइदिने आश्वासन देखाएर अनुचित प्रभावमा पारेको प्रहरीले बताएको छ । घलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको ...
। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता ...