। सबै सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम र समितिका कर्मचारीले समेत बढेको तलबभत्ता पाउने भएका छन् ।
अर्थ मन्त्रालयले सबै संस्थान तथा बोर्डलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । तलब र भत्ता वृद्धि गर्दा अर्थ मन्त्रालयको सहमतिविना थप आर्थिक दायित्व हुने गरी कुनै पनि प्रकारका भत्ता र सुविधा वृद्धि नगर्न समेत भनेको छ ।
सरकारले १ साउनदेखि लागु हुने गरी कर्मचारीको तलबमान, ग्रेड र प्रोत्साहन भत्ता वृद्धि गरिएको छ ।
२ भदौको अर्थमन्त्री स्तरीय निर्णयबाट सबै सार्वजनिक संस्थान, बोर्ड, निगम र समितिमा कार्यरत कर्मचारीले समेत तलब तथा ग्रेड वृद्धि र प्रोत्साहन भत्ता पाउने व्यवस्था मिलाइएको हो ।
मन्त्रालयले संस्थानहरूमा प्रोत्साहन भत्ता प्रकृतिको भत्ता प्राप्त गरिरहेका कर्मचारीको प्रोत्साहन भत्ता कम हुने भए नेपाल सरकारले तोके बमोजिम जति कम हुन्छ, त्यस बराबर मात्र भत्ता प्रदान गर्न सर्त राखेको छ ।
प्रोत्साहन भत्ता कार्य सम्पादन सूचकका आधारमा प्रदान गर्ने व्यवस्था क्रमिक मिलाउँदै जाने गरी सर्त राखिएको छ ।