। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाने भएका छन् ।
अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलको टोली जाने भएको छ ।
उक्त टोलीको भ्रमणलाई मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त टोलीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
‘संयुक्त राज्य अमेरिकाका न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने,’ मन्त्रिपरिषद् बैठकमा भनिएको छ ।