मुख्य समाचार
गएको साउन महिनामा मात्रै ४० लाख सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री
गएको साउन महिनामा मात्रै ४० लाख सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री

। गएको साउन महिनामा मात्रै ४० लाख सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले बुधबार तथ्यांक सार्वजनिक गर्दै साउनमा मात्र ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको जानकारी दिएको छ । यो मात्रा ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो ।

निगमका अनुसार असारमा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर बराबर ग्यास आयात र बिक्री भएको थियो । असारको तुलनामा साउनमै करिब ९ लाख सिलिन्डर बढी बिक्री भएको देखिएको छ ।

निगमले आगामी दिनमा ग्यास आयात अझै बढ्ने भएकाले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न भनेको छ । साथै, अनावश्यक भण्डारण नगर्न समेत सचेत गराएको छ ।

निगमका अनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर बराबर ग्यास आयात र बिक्री भएको थियो । यो वैशाख र जेठ २०८३ मा ह्वात्तै घटेर क्रमश: २२ लाख ५७ हजार ४ सय ९६ र २३ लाख १२ हजार ८ सय ३७ मा सीमित भयो । त्यसपछि भने ग्यासको माग ह्वात्तै बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट रावललाई डेपुटी गभर्नर नियुक्त गरेको हो । सरकारले बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो । केन्द्रीय बैंकमा २ डेपुटी गभर्नर हुने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ । फागुन ...
। लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार ...
। बागमती प्रदेश सरकार निर्माणमा देखिएको आन्तरिक मतभेद टुंग्याउँदै नेकपा एमालेले किरण थापामगरलाई नयाँ मुख्यमन्त्रीका रूपमा अगाडि बढाएको छ । प्रदेश संसदीय दलका नेतामा जगन्नाथ (जेन) थपलियालाई कायमै राखेर झक्तपुर–२ (क) बाट निर्वाचित सांसद थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने मध्यमार्गी निर्णय एमालेले लिएको हो । दलको नेताबाट राजीनामा नदिने अडान थपलियाले लिएपछि २७ साउनमा उनीविरुद्ध अविश्वासको प्रस्ताव ...
। सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब वृद्धि गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, माध्यमिक तह (कक्षा ९–१०) मा ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिबारे सम्झौतामा उल्लेख छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्री यादवले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरे ...