मुख्य समाचार
सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक वृद्धि गर्ने निर्णय
सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक वृद्धि गर्ने निर्णय

। सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, माध्यमिक तह (कक्षा ९–१०) मा अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब अब माध्यमिक तृतीय श्रेणी सरह हुनेछ ।

त्यस्तै, आधारभूत तह (कक्षा ६–८) मा अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम हुनेछ ।

त्यस्तै, सरकारले प्रारम्भिक बालविकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक पनि ५ हजारका दरले वृद्धि गर्ने निर्णय गरेको छ ।

निर्णयअनुसार अब संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ । त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार (ईसीडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनैपनि किसिमको विरोधाभास नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । विधेयकका प्रावधानबारे प्रष्ट पार्दै उनले जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार जनसरोकारका आधारभूत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाएका छन् । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे । संसद बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गरे । ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आफ्नो पार्टी सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् । बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मुलुकमा राजनीतिक स्थिरता कायम होस् र सरकारले पाँच वर्षको पूर्ण कार्यकाल पूरा गरोस् भन्ने पक्षमा आफूहरू सकारात्मक रहेको बताए । सत्तारुढ दलभित्रको आन्तरिक व्यवस्थापन र संसदीय दलको बैठकमा देखिएको अन्योललाई उनीहरूको ...
। गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूको निजी आवास निर्माण र विपद् व्यवस्थापनको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय माग गरी बोल्दै उनले आवास निर्माणमा देखिएका कानुनी तथा प्राविधिक जटिलता समाधानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । साउन २२ गतेको बैठकमा सांसद गोपाल शर्माले उठाउनुभएको ...
। सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमश: सहज हुँदै गएको जनाएको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले उक्त दाबी गरेका हुन् । प्रवक्ता पोखरेलकाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको छ । कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ...