। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट रावललाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।
सरकारले बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
केन्द्रीय बैंकमा २ डेपुटी गभर्नर हुने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ । फागुन २०८२ देखि दुवै डेपुटी गभर्नर पद रिक्त थियो ।
त्यसमध्ये २४ चैत २०८२ मा एक जना डेपुटी गभर्नर नियुक्त भएका थिए । एउटा डेपुटी हालसम्म पनि रिक्त नै थियो ।