मुख्य समाचार
अर्जुननरसिंह केसीले आफ्नो पार्टी सरकारको स्थिरताको पक्षमा रहेको बताए
अर्जुननरसिंह केसीले आफ्नो पार्टी सरकारको स्थिरताको पक्षमा रहेको बताए

। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आफ्नो पार्टी सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् ।

बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मुलुकमा राजनीतिक स्थिरता कायम होस् र सरकारले पाँच वर्षको पूर्ण कार्यकाल पूरा गरोस् भन्ने पक्षमा आफूहरू सकारात्मक रहेको बताए ।

सत्तारुढ दलभित्रको आन्तरिक व्यवस्थापन र संसदीय दलको बैठकमा देखिएको अन्योललाई उनीहरूको आन्तरिक मामिलाको संज्ञा दिँदै नेता केसीले जनताले राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वास गरेको स्मरण गराए ।

‘हामी प्रमुख प्रतिपक्षमा भए तापनि यो सरकारले पाँच वर्षसम्म स्थिरता प्राप्त गरोस् र जनताका आकाङ्क्षाहरू पूरा गरोस् भन्ने हाम्रो चाहना छ । हामी सरकारभित्र खेल्ने भन्दा पनि गुण र दोषका आधारमा रचनात्मक भूमिका निर्वाह गर्नेछौं,’ उनले भने ।

सरकारको आलोचना गर्दै नेता केसीले पछिल्लो चार महिनामा महँगी साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको, भान्सामा ग्यासको हाहाकार रहेको र विद्युत सेवामा समेत समस्या देखिएको भन्दै जनजीविकाका सवालमा सरकार गम्भीर हुन नसकेको आरोप पनि लगाए ।

‘विगतमा को–कसले आर्थिक अपराध र भ्रष्टाचार गरे, ती सबैको फाइल खोलेर कारबाही प्रक्रिया अगाडि बढाउनुस्, कांग्रेसले पूर्ण साथ दिनेछ । ५०० र १००० का नोटमा प्रतिबन्ध लगाउने र विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउने आँट यो सरकारले देखाउनुपर्छ,’ उनले भने ।

सत्तापक्षका सांसदहरूले हरेक समस्याको दोष पुराना दलहरूलाई दिने गरेको प्रसङ्गमा नेता केसीले ‘नाच्न नजान्ने आँगन टेढो’ भन्दै कटाक्ष पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले पेट्रोलियम पदार्थको प्रचुर सम्भावना हुँदाहुँदै पनि जनता आधारभूत आवश्यकताका लागि संघर्ष गर्न बाध्य भएको बताएका छन् । दैलेखमा रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास उत्खननको काम तत्काल अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा जोशीले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनैपनि किसिमको विरोधाभास नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । विधेयकका प्रावधानबारे प्रष्ट पार्दै उनले जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार जनसरोकारका आधारभूत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाएका छन् । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे । संसद बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गरे । ...
। गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूको निजी आवास निर्माण र विपद् व्यवस्थापनको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय माग गरी बोल्दै उनले आवास निर्माणमा देखिएका कानुनी तथा प्राविधिक जटिलता समाधानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । साउन २२ गतेको बैठकमा सांसद गोपाल शर्माले उठाउनुभएको ...
। सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमश: सहज हुँदै गएको जनाएको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले उक्त दाबी गरेका हुन् । प्रवक्ता पोखरेलकाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको छ । कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ...