मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभाका सदस्य उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ
राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभाका सदस्य उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ

: राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभाका सदस्य उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ। बिहीबार बसेको पार्टीको कार्यसम्पादन बैठकले प्रदेशसभा सदस्य थापालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभा सदस्य थापाले पार्टीको निर्देशन उल्लंघन गरेकाले कारबाही गरेको बताए। बागमती प्रदेशसभामा एमालेलाई समर्थन गर्ने पार्टीको निर्णय नरहेको उनले बताए। तर, त्यस विपरीत थापाले समर्थन पत्र बुझाएको र स्पष्टीकरण समेत नदिएको अध्यक्ष लिङ्देनले बताए।

'बागमती प्रदेशसभामा पार्टीको निर्देशन विपरीत प्रदेशसभा सदस्य उद्धव थापाले एमालेलाई समर्थन पत्र बुझाएकाले अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ समयमा नदिएपछि र समर्थन पनि फिर्ता नलिएपछि कार्यसम्पादन समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो,' अध्यक्ष लिङ्देनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका हुन्। सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० ...
: नौकुण्ड गाउँपालिका–२ यार्सास्थित जोम्सा खोलाले बगाएर बेपत्ता भएका आमा र छोरा दुवैजनाको शव फेला परेको छ । नुवाकोटको लच्याङबाट घर फर्कने क्रममा बोन्द्रोहुँदै घाङमारतर्फ आउँदै गर्दा स्थानीय डुप्पा नेकोर तामाङ र उनका छोरा पूर्ण थोक्रालाई जोम्सा खोलाले बगाएको थियो । मृत बालक नवजीवन आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । उद्धार तथा खोजी ...
: काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्। बालेन नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्। सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित ...
: स्याङ्जा प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ थान भरुवा बन्दुकका संरचनासहितका सामग्रीहरू बरामद गरेको छ। वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका–१२, कोखेबाट ती सामग्री बरामद गरेको हो। बेवारिसे अवस्थामा बन्दुकसहित र त्यससँग सम्बन्धित अन्य सामग्री फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ। भरुवा बन्दुकको आकारमा काठ तथा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन्। उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र ...