: सशस्त्र प्रहरी बलले कपिलवस्तुमा भन्सार छली ल्याइएका विभिन्न सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल २८ गण मुख्यालय कपिलवस्तुका अनुसार २०८३ भदौ ३ गते खटिएको टोलीले ७ लाख ३९ हजार ६६० रुपैयाँ बराबरको लत्ताकपडा, फलफूल, हरियो तरकारी तथा किराना सामान बरामद गरेको हो।
बरामद सामान ढुवानीमा प्रयोग भएका २ थान मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए ।