मुख्य समाचार
नेकपा (एमाले)का सचिव महेश बस्नेतले ३५ वर्षमा केही भएन भन्न नमिल्ने बताए
नेकपा (एमाले)का सचिव महेश बस्नेतले ३५ वर्षमा केही भएन भन्न नमिल्ने बताए

: नेकपा (एमाले)का सचिव महेश बस्नेतले ३५ वर्षमा केही भएन भन्न नमिल्ने बताएका छन्। बस्नेतले रास्वपाका नेताहरुले नेपालमा केही पनि भएन भनेर जनतालाई गुमराहमा राख्ने काम गरेको जिकिर गरे।

उनले सरकारी तथ्यांक भन्दै सामाजिक सञ्जालमार्फत ३५ वर्षको अवधिमा भएका कामहरुको सूची उल्लेख गरेका छन्। २०४६ सालपछि नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत्, सञ्चार, प्रविधि र जीवनस्तरका क्षेत्रमा ठूलो परिवर्तन गरेको उनको भनाई छ।

'३५ वर्षमा नेपालमा केही पनि भएन' भन्नु तथ्य नभई निराशावादी राजनीतिक भाष्य मात्रै भएको बस्नेतले बताए। ‘कमजोरी धेरै छन्। रोजगारी सिर्जना, उत्पादन वृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र आर्थिक विकासमा अझै ठूलो काम गर्न बाँकी छ। तर भएका उपलब्धिलाई पनि नदेख्नु भनेको इतिहास र तथ्यांक दुवैप्रति अन्याय हो’ बस्नेतले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका हुन्। सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० ...
: नौकुण्ड गाउँपालिका–२ यार्सास्थित जोम्सा खोलाले बगाएर बेपत्ता भएका आमा र छोरा दुवैजनाको शव फेला परेको छ । नुवाकोटको लच्याङबाट घर फर्कने क्रममा बोन्द्रोहुँदै घाङमारतर्फ आउँदै गर्दा स्थानीय डुप्पा नेकोर तामाङ र उनका छोरा पूर्ण थोक्रालाई जोम्सा खोलाले बगाएको थियो । मृत बालक नवजीवन आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । उद्धार तथा खोजी ...
: काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्। बालेन नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्। सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित ...
: स्याङ्जा प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ थान भरुवा बन्दुकका संरचनासहितका सामग्रीहरू बरामद गरेको छ। वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका–१२, कोखेबाट ती सामग्री बरामद गरेको हो। बेवारिसे अवस्थामा बन्दुकसहित र त्यससँग सम्बन्धित अन्य सामग्री फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ। भरुवा बन्दुकको आकारमा काठ तथा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन्। उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र ...