मुख्य समाचार
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन

: प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आगामी दिनमा वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता,बजेट प्रणाली,सार्वजनिक कोष,पारदर्शिता,लेखापरीक्षण र परिणाममुखी खर्चको सिद्धान्तअनुसार परिचालन हुने गरी आवश्यक नीतिगत तथा संस्थागत सुधार गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले नगद,वस्तुगत वा प्राविधिक जुनसुकै प्रकृतिको वैदेशिक सहायता भए पनि सम्भव भएसम्म राष्ट्रिय बजेट प्रणाली तथा सरकारी कोषमार्फत परिचालन गरी अनिवार्य लेखापरीक्षणको दायरामा ल्याउन निर्देशन दिएको छ। यसैगरी वैदेशिक सहायता प्राप्त हुने सुनिश्चितता भइसकेपछि मात्र वैदेशिक स्रोततर्फको रकम वार्षिक बजेटमा समावेश तथा विनियोजन गर्ने र वैदेशिक सहायताबाट खर्च भएको रकमको शोधभर्ना समयमै प्राप्त हुने व्यवस्था मिलाई ढिलाइका कारण सरकारको आन्तरिक स्रोतमा पर्ने अतिरिक्त आर्थिक भार न्यूनीकरण गर्न समेत अर्थ मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिए।

बैठकले वैदेशिक सहायताको प्रतिबद्धता,वास्तविक प्राप्ति,खर्च,उपयोग र शोधभर्नाको एकीकृत अभिलेख राख्ने र सम्बन्धित प्रणालीमा अनिवार्य अद्यावधिक गर्न र वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरू निर्धारित समय र लागतभित्रै सम्पन्न हुनेगरी व्यवस्थापन,अनुगमन तथा कार्यान्वयन क्षमता अभिवृद्धि गर्न समेत निर्देशन दिइएको सभापति खड्काले बताए।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वव्यापी आर्थिक परिदृश्य,वैदेशिक सहायता प्रभावकारिता तथा नेपालले अपनाउनुपर्ने नयाँ वित्तीय रणनीतिबारे मन्त्रालय गम्भीर रहेको बताए । उनले दातृ राष्ट्रहरूले आफ्ना करदाताको पैसा दुरुपयोग नहोस् भन्नका लागि सहायता परिचालनमा कडा सर्त राख्ने वा आफ्नै संयन्त्रमार्फत खर्च गर्न खोज्ने प्रवृत्ति बढेको उल्लेख गरे । परम्परागत सहायताका स्रोतहरू अब पर्याप्त र प्रभावकारी नहुने हुँदा नेपाल वैकल्पिक वित्तीय स्रोतहरूको खोजीमा अघि बढेको उनको भनाइ छ ।

मन्त्री वाग्लेले बजेटमै नीतिगत रूपमा वैकल्पिक स्रोतहरूको प्रयोगलाई प्राथमिकता दिइएको र संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्दै नयाँ विश्व व्यवस्थासँग तालमेल मिलाइँदै लगिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका हुन्। सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० ...
: नौकुण्ड गाउँपालिका–२ यार्सास्थित जोम्सा खोलाले बगाएर बेपत्ता भएका आमा र छोरा दुवैजनाको शव फेला परेको छ । नुवाकोटको लच्याङबाट घर फर्कने क्रममा बोन्द्रोहुँदै घाङमारतर्फ आउँदै गर्दा स्थानीय डुप्पा नेकोर तामाङ र उनका छोरा पूर्ण थोक्रालाई जोम्सा खोलाले बगाएको थियो । मृत बालक नवजीवन आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । उद्धार तथा खोजी ...
: काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्। बालेन नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्। सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित ...
: स्याङ्जा प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ थान भरुवा बन्दुकका संरचनासहितका सामग्रीहरू बरामद गरेको छ। वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका–१२, कोखेबाट ती सामग्री बरामद गरेको हो। बेवारिसे अवस्थामा बन्दुकसहित र त्यससँग सम्बन्धित अन्य सामग्री फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ। भरुवा बन्दुकको आकारमा काठ तथा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन्। उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र ...