मुख्य समाचार
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप्लिकेसन सुरु
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप्लिकेसन सुरु

: काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप्लिकेसन सुरु भएको छ। काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइ पुग्न कति समय लाग्छ, जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्सपोर्ट मोवाइल एप्लिकेसन सार्वजनिक गरिएको हो ।

बुधबार ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गरेकी हुन्।

यो एप्लिकेसनमा जीपीएस जडान भएका करिब १ हजार २ सय सवारी साधनका बारेमा जानकारी लिन सकिन्छ । यसलाई बढाउँदै लगिने संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको योजना छ ।

बैठकमा अध्यक्ष डंगोलले, उपत्यकाभित्रको दिनमा चल्ने यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन तथा रात्रिकालीन सेवालाई विस्तार गर्न र स्कूल कलेज जानु पर्ने विद्यार्थीहरुका लागि बिहान सबैरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेकोले स्थानीय तहहरूका बिचमा वित्तीय साझेदारी सहितको प्रणालीमा काम गर्नु पर्ने बताइन्। ‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन । पालिका पालिका जोडिने भएकोले यो पालिकाहरुको साझा सवाल हो । यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरूपता दिनुपर्छ’ उनले भनिन् । null

बैठकका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले, सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गराउने प्रणाली चाहिएको बताए। ‘सार्वजनिक यातायातको सुधारका लागि यो परिषदले आकार बदल्न सक्ने क्षमता राख्छ । यो क्षमताको प्रयोग गरौँ’ महर्जनले भने। ‘प्राधिकरणको कार्यक्षेत्रमा अन्तरसरकार समान बुझाइ नहुँदा विगतमा काम अगाडि बढाउन सकिएको थिएन ।’

बैठकमा प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले अघिल्लो वर्ष सरकारले खारेजीको सूचीमा राखेका कारण अगाडि बढाउन खोजिएका काम पनि रोकिएको स्पष्ट पारे। यस वर्षका लागि बस स्टपर पिक ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनको सर्त, सम्झौताको मोडल तयार गरि नगरपालिकासँग सहकार्य थालनी गर्ने, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप, बस पार्क आदिमा जीपीएस ट्याकिङ् समेतका आधारमा सार्वजनिक यातायात सूचना प्रणालीको जडान, नगद रहित भाडादर लागू गर्न कानूनी पूर्वाधार तयार गर्ने तयारी छ।

टिकट लिने संस्कार प्रोत्साहन गर्न अभियान चलाउने लगायत अध्ययन अनुसन्धानका कार्यक्रम हुने निर्णय भएको छ ।

ऐनअनुसार, हरेक प्रदेशमा १/१ वटा र संघीय राजधानीमा एउटा गरी ८ वटा प्राधिकरण हुनेछन् । संघीय राजधानी प्राधिकरणको काम कारबाहीलाई सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद रहने व्यवस्था छ । ललितपुर महानगरपालिकाका प्रमुख परिषदको उपाध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख परिषदको सदस्य छन्। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सदस्य छन् ।

परिषदमा सडक विभाग, यातायात व्यवस्था विभागका महानिर्देशक वा उहाँले तोकेका राज पत्राङ्कित प्रथम श्रेणीको कर्मचारी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वा उहाँले तोकेको प्रहरी उपरीक्षक, बागमती प्रदेशको यातायात विषय हेर्ने मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

यस्तै, सार्वजनिक यातायात सञ्चालन गर्ने ठूला फरक कम्पनीकातर्फबाट १ जना महिलासहित ३ जना, उपभोक्ता हित संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरुबाट १ महिलासहित २ जना, यातायात क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिमध्येबाट बागमती प्रदेश सरकारले मनोनित गरेका १ जना महिलासहित ३ जना, परिषदमा प्रतिनिधित्व नभएका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगरपालिकाकोतर्फबाट प्रमुख वा उपप्रमुखमध्ये सम्बन्धित स्थानीय तहले मनोनित गरेका एक एक जना प्रतिनिधि, श्रमिक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी परिषदबाट मनोनित ३ जना सदस्य रहनुहुनेछ । परिषदको सदस्य सचिवका रुपमा प्रमुख कार्यकारी अधिकृतले काम गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका हुन्। सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० ...
: नौकुण्ड गाउँपालिका–२ यार्सास्थित जोम्सा खोलाले बगाएर बेपत्ता भएका आमा र छोरा दुवैजनाको शव फेला परेको छ । नुवाकोटको लच्याङबाट घर फर्कने क्रममा बोन्द्रोहुँदै घाङमारतर्फ आउँदै गर्दा स्थानीय डुप्पा नेकोर तामाङ र उनका छोरा पूर्ण थोक्रालाई जोम्सा खोलाले बगाएको थियो । मृत बालक नवजीवन आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । उद्धार तथा खोजी ...
: काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्। बालेन नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्। सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित ...
: स्याङ्जा प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ थान भरुवा बन्दुकका संरचनासहितका सामग्रीहरू बरामद गरेको छ। वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका–१२, कोखेबाट ती सामग्री बरामद गरेको हो। बेवारिसे अवस्थामा बन्दुकसहित र त्यससँग सम्बन्धित अन्य सामग्री फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ। भरुवा बन्दुकको आकारमा काठ तथा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन्। उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र ...