मुख्य समाचार
केन्याको साम्बुरु काउन्टीमा बुधबार भएको एक हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी कोन्टोजी र उनकी पत्नी स्टेफनी होलिहानसहित सात जनाको मृत्यु
केन्याको साम्बुरु काउन्टीमा बुधबार भएको एक हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी कोन्टोजी र उनकी पत्नी स्टेफनी होलिहानसहित सात जनाको मृत्यु

: केन्याको साम्बुरु काउन्टीमा बुधबार भएको एक हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी कोन्टोजी र उनकी पत्नी स्टेफनी होलिहानसहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अन्य पाँच जना अमेरिकी नागरिक रहेको अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ।

केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार युरोकप्टर ईसी–१३० बी४ मोडलको उक्त हेलिकप्टरमा एक पाइलट र ६ जना यात्रु सवार थिए। बिहान ९:१३ बजे लुइसाबास्थित संरक्षित वन्यजन्तु क्षेत्रबाट इवासो न्याइरो नदीतर्फ उडान भरिरहेको अवस्थामा हेलिकप्टर माउन्ट ओलोलोक्वे क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा सवार कसैको पनि जीवित उद्धार हुन सकेन।

इक्वेडरको राष्ट्रिय गुप्तचर केन्द्रका प्रमुख कोन्टोजी आफ्नी पत्नी र साथीहरूसँग निजी भ्रमणका क्रममा केन्या पुगेका थिए। ज्यान गुमाउने अन्य अमेरिकी नागरिकहरूमा अमेरिकाका प्रख्यात टेलिभिजन कार्यकारी जोसे सुआरेजसमेत रहेको बताइएको छ।




दुर्घटनाको वास्तविक कारण र समग्र परिस्थिति पत्ता लगाउन केन्याको यातायात मन्त्रालय तथा वायुयान दुर्घटना अनुसन्धान विभागले सूक्ष्म छानबिन सुरु गरेका छन्। छानबिन समितिका अनुसार खराब मौसम वा प्राविधिक खराबी के कारण दुर्घटना भयो भन्नेबारे विस्तृत अध्ययन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेकाे 'इकोनोमिक डी-डे' (निर्णायक आर्थिक कारबाही) प्रति तीव्र आलोचना गरेका छन्। अमेरिकाले आफ्नो आन्तरिक आर्थिक संकटबाट विश्वको ध्यान मोड्नका लागि यस्तो कदम चालेको अराघचीले दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकाको यो प्रयास आफ्नै आर्थिक समस्या र संकटलाई ढाकछोप गर्ने रणनीति मात्र भएको उल्लेख ...
: अमेरिकी सरकारको कुल सार्वजनिक ऋण इतिहासमै पहिलोपटक ४०० खर्ब (४० ट्रिलियन) अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुल राष्ट्रिय ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको हो। अमेरिकी ऋण बढ्ने गति पछिल्ला महिनाहरूमा झन् तीव्र बनेको छ। गत वर्षको अक्टोबरमा ३८० खर्ब डलर रहेको ऋण १० महिनाको अवधिमै २० खर्ब डलरले बढेर ...
: मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रस्थित क्यामरुन सीमा नजिकै एउटा सुनखानी भासिँदा कम्तीमा १ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम तथा क्यामरुनको गारुआ-बुलाई शहरका मेयर अदमो अब्दोनका अनुसार यो दुर्घटना मंगलबार अपरान्ह बाबुआ शहरबाट करिब ५० किलोमिटर टाढा रहेको जाम्बोए गाउँमा भएको हो। उद्धार कार्यमा खटिएका रेडक्रसका स्वयम्सेवक गेर्भिस गानागोरोह, स्थानीय खानी ...
: रूसले रातभर गरेका मिसाइल आक्रमणमा युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार बिहीबार भएको आक्रमणमा आवासीय भवन तथा गोदामहरूलाई मुख्य निशाना बनाइएको थियो। आक्रमण लगत्तै खटिएका उद्धार टोलीहरू भग्नावशेषमा रहेका मानिसहरूको खोजीमा छन्। उद्धारकर्ताहरूले अहिलेसम्म एक जनालाई भग्नावशेषबाट जीवितै ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाहीको घोषणा गरेका छन् । इरानसँगको पाँच महिनाभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आयोजित वार्ताहरू निष्कर्षविहीन बनेपछि ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरुले यसकाे कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट शेयर गर्दै राष्ट्रपति ट्रम्पले इरानले सम्झौताको अवसर गुमाएको आरोप ...