मुख्य समाचार
रूसले रातभर गरेका मिसाइल आक्रमणमा युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते
रूसले रातभर गरेका मिसाइल आक्रमणमा युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते

: रूसले रातभर गरेका मिसाइल आक्रमणमा युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार बिहीबार भएको आक्रमणमा आवासीय भवन तथा गोदामहरूलाई मुख्य निशाना बनाइएको थियो। आक्रमण लगत्तै खटिएका उद्धार टोलीहरू भग्नावशेषमा रहेका मानिसहरूको खोजीमा छन्। उद्धारकर्ताहरूले अहिलेसम्म एक जनालाई भग्नावशेषबाट जीवितै उद्धार गर्न सफल भएका छन्।

किभका मेयर भिटाली क्लिट्स्कोले रातिको आक्रमणमा एउटा बाल अस्पतालमा समेत क्षति पुगेको जनाएका छन्। आक्रमणका कारण अस्पतालका झ्यालका सिसाहरू फुटेका छन् भने परिसरमा पारिएका धेरै गाडीहरूमा आगो लागेको छ। उनका अनुसार दक्षिण-पश्चिमी किभको सोलोम्यान्स्की जिल्लास्थित एउटा औद्योगिक क्षेत्रमा पनि मिसाइल प्रहार भएको छ।

यस्तै, किभ क्षेत्रकै ब्रोभरी जिल्लामा भएको आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर टिमुर तकाचेन्कोले पुष्टि गरेका छन्।

आक्रमणको जोखिमलाई मध्यनजर गर्दै क्षेत्रीय प्रशासनले राति नै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेको थियो। युक्रेनमाथि रूसको निरन्तर आक्रमण बढेसँगै छिमेकी मुलुक पोल्यान्डको सेनाले समेत 'सावधानीमूलक सैन्य विमान अभियान' सुरु गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...