मुख्य समाचार
सुनखानी भासिँदा कम्तीमा १ सय भन्दा बढी मानिसको मृत्यु
सुनखानी भासिँदा कम्तीमा १ सय भन्दा बढी मानिसको मृत्यु

: मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रस्थित क्यामरुन सीमा नजिकै एउटा सुनखानी भासिँदा कम्तीमा १ सय भन्दा बढी मानिसको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यम तथा क्यामरुनको गारुआ-बुलाई शहरका मेयर अदमो अब्दोनका अनुसार यो दुर्घटना मंगलबार अपरान्ह बाबुआ शहरबाट करिब ५० किलोमिटर टाढा रहेको जाम्बोए गाउँमा भएको हो।

उद्धार कार्यमा खटिएका रेडक्रसका स्वयम्सेवक गेर्भिस गानागोरोह, स्थानीय खानी सङ्घका वरिष्ठ अधिकारी र अन्य स्थानीय स्रोतहरूले १०० भन्दा बढी शवहरू निकालिसकिएको पुष्टि गरेका छन्, भने उद्धार कार्य अझै जारी छ। मृतकमध्ये कम्तीमा तीन जना क्यामरुनका नागरिक रहेको र उनीहरूको शव अन्तिम संस्कारका लागि स्वदेश पठाइएको छ।

सहरका अधिकारी बर्ट्रान्ड बी याङ्गका अनुसार धेरै मानिसहरू अझै बेपत्ता र भग्नावशेषमुनि थिचिएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

घाइतेहरूलाई उपचारका लागि बाबुआ शहरको अस्पताल लगिएको छ। दुर्घटनामा बाँच्न सफल श्रमिक सेड्रिक म्बाङ्गोले जमिन अचानक भासिएपछि धेरै मानिसहरू मलबेभित्र पुरिएको र घटना अत्यन्तै विपत्तिजनक रहेको बताएका छन्। बाबुआका सरकारी वकिलले खानीभित्रका धेरै वटा भूमिगत सुरुङहरू एकैपटक धंसिएकाले यो पहिरो गएको बताएका छन्। यस घटनाको वास्तविक कारण पत्ता लगाउन न्यायिक छानबिन सुरु गरिएको छ।

मध्य अफ्रिकी गणतन्त्रमा परम्परागत रूपमा गरिने साना खानी उत्खनन धेरै परिवारको जीविकोपार्जनको मुख्य स्रोत भए तापनि सरकारी नियन्त्रण बाहिर रहेका यस्ता खानीहरूमा सुरक्षा उपकरण र पर्याप्त सुरक्षा व्यवस्था नहुने भएकाले बारम्बार जोखिमपूर्ण दुर्घटनाहरू हुने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...