मुख्य समाचार
सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप
सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप लगाएका छन् ।

बिहीबार सार्वजानिक लेखा समितिमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले समाज कल्याण परिषद्‍मा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले प्राप्त गर्ने रकम, सञ्चालन गर्ने कार्यक्रम र त्यसबाट लक्षित समुदायले पाएको लाभको प्रभावकारी अनुगमन हुनुपर्नेमा नभएको आरोप लगाए ।

उनले विशेषगरी दलित, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायका नाममा आउने वैदेशिक सहयोग वास्तविक लक्षित समुदायसम्म नपुग्ने गरेको बताए ।



कार्यक्रम सञ्चालन, तालिम र प्रशासनिक खर्चका नाममा रकम खर्च हुने तर त्यसको प्रत्यक्ष परिणाम भने नदेखिएको उनको आरोप छ ।

उनले एनजीओका कार्यक्रममार्फत जातीय तथा साम्प्रदायिक तनाव बढाउने गतिविधि भएको पनि आरोप लगाए । राज्यले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

जात, धर्म वा समुदायका नाममा सामाजिक विभाजन बढाउने गतिविधिलाई वैदेशिक सहयोग वा सरकारी स्वीकृतिको आडमा सञ्चालन गर्न नहुने उनको भनाइ छ ।

उनले दलित तथा गरिब समुदायका लागि विनियोजित बजेट कार्यान्वयनमा सरकारी निकायले देखाउने ढिलाइप्रति पनि असन्तुष्टि जनाए ।

पूर्वाधार निर्माणमा तत्काल टेन्डर प्रक्रिया अघि बढ्ने तर लक्षित समुदायको जीविकोपार्जन तथा क्षमता विकासका लागि छुट्याइएको रकम खर्च गर्न अनावश्यक ढिलाइ हुने गरेको उनको आरोप छ ।

उनले भने, ‘समाज कल्याण परिषद् यी सबै एनजीओ, आईएनजीओको हेडमास्टर हो । त्यहाँभित्र टक्रक्क छलफल हुन्छ । आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, हँ ? मुख मिठो बनाएर कुरा गर्ने ।’

राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको थियो दैलेखमा भन्ने प्रश्न गर्दै उनले भने, ‘कति जना राउटेका बालबालिका टाइ लगाएर स्कुल जान्छन् ? नाङ्गै भुतुङ्गै बस्या छन् त्यहाँ । लाखे जात्राको भकुण्डो जस्तो भएर हिँडेका छन् बजारमा । कति जना राउटेहरूको घर बन्यो त्यहाँ ? छानबिन हुनुपर्छ ।’

उनले थपे, ‘समाज कल्याण परिषद् सबैभन्दा बदनाम संस्था हो । त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ ।’

एनजीओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भइरहेको भन्दै उनले भने, ‘जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ । साम्प्रदायिकता भड्काउने काम भइरहेको छ । राज्यले तल अनुमोदन गरेर छाप लगाएर ल देश भड्का भन्न पाइँदैन । जातको नाममा, धर्मको नाममा समाज भड्काइरहन पाइँदैन । त्यो ठेक्का दिन कसैलाई पनि पाइँदैन ।’

उनले नेपालमा आउने वैदेशिक सहायता, अनुदान तथा ऋणको प्रभावकारी लेखापरीक्षण र उपयोगमा कडाइ गर्नुपर्ने बताए ।

वैदेशिक स्रोतबाट सरकारको प्रत्यक्ष खातामा नआउने सहायता रकमको समेत लेखापरीक्षण हुनुपर्नेमा उनले जोड दिए ।

सांसद सुनारले वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफलबारे पनि प्रश्न उठाए ।

पोखरा र भैरहवा विमानस्थललगायत परियोजनाको सञ्चालन अवस्था मूल्यांकन गर्दै ऋणको भार मात्र थपिने गरी परियोजना अघि बढाउन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियारको डरले कर्मचारीहरूले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको टिप्पणी गरेकी छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री गौतमले ऐन–कानुनमा स्पष्ट लेखिएका विषयहरूमा समेत कर्मचारीहरू अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी हुन्। ’डिसिजन प्यारालाइिसस’ का कारण सरकारी ...
। युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको सहमतिपछि वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीमाथि भएका कारबाहीका विषयमा वैदेशिक रोजगार विभागसँग छलफल गरेको छ । विभागसँगको छलफलपछि पछिल्लो चरणमा कारबाहीमा परेका म्यानपावर कम्पनीलाई पुनरावलोकनका लागि आवेदन दिन बाटो खुलेको छ । स्वदेशी विमानस्थल प्रयोग नगरी भारतीय विमानस्थलमार्फत श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीलाई विभागले कारबाही गरेको थियो । ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आगामी दिनमा वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता, लेखापरीक्षण र परिणाममुखी खर्चको सिद्धान्तअनुसार परिचालन हुने गरी आवश्यक नीतिगत तथा संस्थागत सुधार गर्न सरकारलाई निर्देशन दिएको ...
। समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक जना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा राकेशकुमार रावल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए । सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ...
। नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा संसदीय समितिमा प्रधानमन्त्री बालेन शाहलाई बोलाएर छलफल गर्ने प्रस्ताव राखेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, ‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ ।’ साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै सम्पत्ति छनबिन आयोग ...