। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विकास निर्माणमा अख्तियर दुरुपयोग अनुसन्धान आयोग बाधक भयो भन्ने सुनिने गरेको बताएकी छन् ।
‘साँचो कुरा के हो ?,’ उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भनिन्, ‘विकास निर्माणसित जोडिएर, पूर्वाधार निर्माणमा अलिकति अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाधक भयो भन्ने छ । स-साना कुरामा पनि अल्झाइदिने…।’
यसलाई ख्याल गर्न आवश्यक रहेको उनले बताइन् ।
‘यसकारण अदालत र अख्तियारको समन्वय राम्रो हुनुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘अदालत र अख्तियारको समन्वय यसलाई अलि दरिलो बनाउने विषयमा हेक्का राख्नुपर्यो ।’