मुख्य समाचार
सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नैतिकता प्रश्न उठाए
सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नैतिकता प्रश्न उठाए

। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नैतिकता प्रश्न उठाएका छन्। विभिन्न मुद्दा र अदालतका फैसलाहरु उल्लेख गर्दै उनले तिनमा राईको विषय जोडिएको भन्दै नैतिकतामा प्रश्न उठाएका हुन्।

उनले पदमा बसिरहने नैतिकता छ वा छैन भनेर राईलाई प्रश्न गरेका हुन्। समितिमा अख्तियार प्रमुख राईसहितका अधिकारीहरु उपस्थित छन्।

सांसद न्यौपानेले वाइडबडी विमान खरिद प्रक्रियाको प्रारम्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव तथा सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा २०७३/१/२ मा बसेको निगम सञ्चालन समितिको बैठकबाट नै निगमको आर्थिक नियमावली २०६३ को विनियम २६३ (१) (क) बमोजिम व्यवस्थापनबाट अध्ययन गरी निगमका लागि दुईवटा वाइडबडी विमानहरू खरिद गर्ने सम्बन्धमा प्रस्तुत प्रस्ताव अनुसार खरिद कार्य अघि बढाइएकोबारे अदालतको फैसलामा उल्लेख भएको बताए।

यो मुद्दामा केहीको नाम रहेको र प्रेमकुमार राईको नाम पनि रहेको भन्दै उनले प्रतिवादी नबनाइएको आधारले अदालतले के भन्छ भन्दै प्रश्न गरे।

‘उक्त खरिद प्रक्रियामा सामेल रहेका केही पदाधिकारीको हकमा पनि आरोप दाबी लिएको देखिन आउँदैन’ उनले भने, ‘यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने, कसैलाई अभियोजन गर्ने कार्य चयनमुखी दृष्टिकोण अवलम्बन गरेको देखिन्छ। चयनमुखी अभियोजनमा अभियोजन गर्नु समान न्यायको सिद्धान्तविपरीत हुन्छ, समानताको हकविपरीत हुन्छ, प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ।’

उनले यस्तो कामले कानुन सबैलाई बराबर हो भन्ने भावनामा आघात पुर्‍याउने पनि बताए। ‘निगमको नियमावलीमा भएको कानुनी व्यवस्थामा उल्लेख गरेको वाइडबडी विमान खरिद प्रकरणको उपसमितिले गठन गरेको कार्यदिशामा संलग्न व्यक्तिहरूमाथि स्वैच्छिक अभियोग लगाइएको देखिन्छ’ उनले भने, ‘यसका आधारमा आयुक्तज्यू, तपाईं हुनुहुन्छ प्रमुख आयुक्त, यसका आधारमा नैतिकता छ ? अब त्यही पदमा रहनका लागि कानुनले दिन्छ कि दिँदैन, मैले यो दोस्रो प्रश्न गरेँ, यसको उत्तर पाऊँ।”

आयल निगमको जग्गा प्रकरणमा लेखा समितिले प्रेमबहादुर राईकै नाम किटान गरेको उनले बताए। उनले भैरहवा विमानस्थको विषय पनि उठाए।

‘अर्को एउटा महत्त्वपूर्ण विषय, नक्कली भुटानी शरणार्थीको विषय छ। मैले अदालतमा भएको बयान लिएर आएको छु, किनभने यो मुद्दाको वकिल पनि म भएकाले कागज प्राप्त गरेको हो’ उनले भने । उनले यस प्रकरणमा नाम जोडिएका सानु भण्डारीको बयान पढेर सुनाए ।

‘मलाई… इन्द्रजित राईले यो गाडी सचिवज्यू तत्कालीन सचिव प्रेम राईको हो, उक्त रकम गाडीमा राखिदिनू भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम १ करोड गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईले कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र… अब तपाईंको काम हुन्छ, तपाईं जानू भनी प्रेमकुमार राईले मलाई भनेकाले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हो’ सानु भण्डारीको बयान सुनाउँदै सांसद न्यौपानेले अख्तियार प्रमुख राइमाथी प्रश्न उठाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गरेका हुन् । सांसद पुनले खर्चको पारदर्शिता सुनिश्चित गर्ने मुख्य माध्यम संसद र संसदीय समितिहरू ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कुरा राख्दै सभापति लामिछानेले सांसदहरूलाई चर्को नबोल्न सुझाव दिँदै यस्तो बताएका हुन् । ‘म पनि चर्को आवाज गर्दै अर्को ठाउँमा आएको हुनाले मेरो आफ्नै अनुभवले के भन्छ भने कैलेकाहीँ ठूलो ...
। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ । ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपा सांसदलाई संविधान संशोधनको कुरा यसरी नउठाउन आग्रह गरेका हुन् । ‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो । प्रतिनिधिसभामा दुई तिहाइ ...