मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीमाथि भएका कारबाहीका विषयमा वैदेशिक रोजगार विभागसँग छलफल
वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीमाथि भएका कारबाहीका विषयमा वैदेशिक रोजगार विभागसँग छलफल

। युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको सहमतिपछि वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीमाथि भएका कारबाहीका विषयमा वैदेशिक रोजगार विभागसँग छलफल गरेको छ ।

विभागसँगको छलफलपछि पछिल्लो चरणमा कारबाहीमा परेका म्यानपावर कम्पनीलाई पुनरावलोकनका लागि आवेदन दिन बाटो खुलेको छ ।

स्वदेशी विमानस्थल प्रयोग नगरी भारतीय विमानस्थलमार्फत श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीलाई विभागले कारबाही गरेको थियो । विभिन्न तीन चरणमा विभागले ५९८, ३९ र १२४ वटा म्यानपावरमाथि सचेत गराउनेदेखि ५० हजार रूपैयाँसम्म जरिबाना गरेको थियो ।

सोही विषयमा संघका पदाधिकारीले मंगलबार विभागका महानिर्देशक सहितका अधिकारीसँग छलफल गरेका हुन् । भारतको बाटो हुँदै श्रमिक उडाउँदा गरिएको कारबाही, दैनिक कामकारबाहीमा हुने गरेको ढिलासुस्ती तथा सरकारी सास्तीका विषयमा छलफल भएको थियो ।

यसअघि भदौ १ गते युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मन्त्रालयका सचिव डा. दीपक काफ्लेसहितको टोलीसँग भएको छलफलमा व्यवसायीका माग सम्बोधन गर्न दुई महिनाको समयसीमा तोकिएको थियो । त्यही सहमतिअनुसार विभागसँग म्यानपावरमाथि भएका कारबाहीका विषयमा छुट्टै छलफल गरिएको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए ।

विभागसँगको छलफलपछि पछिल्लो चरणमा कारबाहीमा परेका म्यानपावर कम्पनीले पुनरावलोकनका लागि आवेदन दिन सक्ने भएका छन् । पछिल्लो पटक ३९ र १२४ संस्थामाथि भएको कारबाहीको विषयमा विभागले सम्बन्धित व्यवसायीलाई कारबाही गर्न नपर्ने कारणसहित पुनरावलोकनका लागि आवेदन दिन भनेको छ । संघका अध्यक्ष खत्रीका अनुसार अहिले व्यवसायीहरूले आवेदन विभागमा पठाउन थालेका छन् ।

‘पछिल्लो ३९ र १२४ को हकमा पुनरावलोकनको निम्ति आवेदन दिन भनिएको छ । व्यवसायीले कारबाही गर्नु नपर्ने कारणसहित पुनरावलोकनको निम्ति आवेदन दिन थालेका छन्,’ खत्रीले भने ।

यससँगै विभागले गरेको कारबाही अन्तिम रूपमा कार्यान्वयनमा लैजानुअघि सम्बन्धित व्यवसायीलाई आफ्नो स्पष्टोक्ति राख्ने अवसर दिएको छ ।

५९८ संस्थाको कारबाहीमा पुनरावेदनको समय सकियो

यसअघि विभागले ५९८ संस्थालाई गरेको कारबाहीमा भने कानुनी पुनरावेदनको समयसीमा सकिइसकेको छ । अध्यक्ष खत्रीका अनुसार कानुनअनुसार पुनरावेदनका लागि ३५ दिनको समय हुने भएकाले उक्त समय बितिसकेको छ । त्यसैले ५९८ संस्थाको हकमा सामान्य पुनरावेदन प्रक्रियाबाट अहिले थप काम गर्न कठिन देखिएको छ । यही ५९८ संस्थामध्ये ८३ वटा संस्थालाई मिसम्याचसँग सम्बन्धित विषयमा पत्र पठाइसकेको विभागले जनाएको छ ।

विवरण पेश गरेर पनि विभागले कारबाही गरेको भन्दै कतिपय म्यानपावरले विरोध जनाउँदै आएका थिए । थप अध्ययनको क्रममा ८३ वटा संस्थामा त्यस्तो देखिएपछि विभागले कारवाही नगरिएको जानकारीसहितको पत्र पठाएको हो ।

खत्रीका अनुसार पछिल्ला ३९ र १२४ संस्थाको विषयमा समेत अगाडिका विवरणसँग सम्बन्धित मिसम्याचको प्रभाव देखिएको छ । त्यसैले पछिल्लो कारबाहीलाई मात्रै अलग गरेर हेर्नुभन्दा पुराना विवरणसमेत हेर्नुपर्ने अवस्था आएको छ ।

संघका अनुसार पछिल्लो कारबाहीमा परेका संस्थाको विवरण परीक्षण गर्दा अघिल्लो चरणका विवरणसँग समेत सम्बन्ध देखिएको छ । यसले विभागले कारबाहीका लागि प्रयोग गरेको विवरण र त्यसको पृष्ठभूमि पुनः परीक्षण गर्नुपर्ने अवस्था देखिएको व्यवसायीको बुझाइ छ ।

मन्त्रालयसँग भदौ १ गते भएको सहमतिमा व्यवसायीका मागमध्ये सेवा शुल्क निर्धारण र नीतिगत सुधारलाई दुई महिनाभित्र अघि बढाउने सहमति भएको छ । त्यसबाहेक कारबाहीका विषयमा विभागसँगै छलफल गरेर समाधान खोज्ने भनिएको थियो । त्यही सहमतिको कार्यान्वयनका क्रममा विभागसँग भएको पछिल्लो छलफलले कारबाहीमा परेका व्यवसायीलाई आफ्नो भनाइ राख्ने प्रक्रिया अघि बढेको हो ।

अब व्यवसायीको मुख्य चासो भने विभागमा पठाइएका पुनरावलोकनका आवेदन र ८३ संस्थासहित मिसम्याचका विषयमा विभागले गर्ने निर्णयमा छ । अध्यक्ष खत्रीका अनुसार तत्कालका लागि विभागसँगको छलफल सकारात्मक भएपनि वास्तविक समाधान भने आवेदनमाथि हुने निर्णयपछि मात्रै स्पष्ट हुनेछ ।

व्यवसायीले मन्त्रालयसँग भएको दुई महिनाको समयसीमाभित्र सेवा शुल्क र नीतिगत सुधारको निर्णयसँगै विभागबाट भएका कारबाहीका विवादसमेत टुंग्याउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गरेका हुन् । सांसद पुनले खर्चको पारदर्शिता सुनिश्चित गर्ने मुख्य माध्यम संसद र संसदीय समितिहरू ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कुरा राख्दै सभापति लामिछानेले सांसदहरूलाई चर्को नबोल्न सुझाव दिँदै यस्तो बताएका हुन् । ‘म पनि चर्को आवाज गर्दै अर्को ठाउँमा आएको हुनाले मेरो आफ्नै अनुभवले के भन्छ भने कैलेकाहीँ ठूलो ...
। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ । ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपा सांसदलाई संविधान संशोधनको कुरा यसरी नउठाउन आग्रह गरेका हुन् । ‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो । प्रतिनिधिसभामा दुई तिहाइ ...