मुख्य समाचार
मन्त्री सोविता गौतमले अख्तियारको डरले कर्मचारीहरूले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको टिप्पणी
मन्त्री सोविता गौतमले अख्तियारको डरले कर्मचारीहरूले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको टिप्पणी

। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियारको डरले कर्मचारीहरूले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको टिप्पणी गरेकी छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री गौतमले ऐन–कानुनमा स्पष्ट लेखिएका विषयहरूमा समेत कर्मचारीहरू अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी हुन्।

’डिसिजन प्यारालाइिसस’ का कारण सरकारी कामकारबाही ठप्प हुने र सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्ने जटिल अवस्था सिर्जना भएको उनले बताइन्।

मन्त्री गौतमले अख्तियारलाई राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसइबी वा कर्मचारी तर्साउने हतियारका रूपमा प्रयोग गर्न दिन नहुने धारणा राखिन्। सत्तामा जोसुकै आए पनि संवैधानिक निकायलाई कसैलाई ’फसाउने’ वा कसैलाई ’बचाउने’ खेलको माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्ने उनको भनाइ थियो।

उनले केवल उजुरी परेको भरमा वा कसैलाई तान्ने उद्देश्यले मात्र अभियोजन गर्न नहुने भन्दै उजुरी परेपछि तथ्य र प्रमाण संकलनमा व्यापक अध्ययन गर्नुपर्ने र पर्याप्त प्रमाण पुगेपछि मात्र मुद्दा दायर गर्नुपर्ने बताइन्।

अख्तियारले आफ्नो व्यावसायिक चरित्र कायम राख्न सके सर्वसाधारण र प्रशासनको विश्वास जित्न सक्ने उनको भनाइ छ । उनले अख्तियारलाई स्वतन्त्र र निष्पक्ष राख्न सरकार प्रतिवद्ध रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गरेका हुन् । सांसद पुनले खर्चको पारदर्शिता सुनिश्चित गर्ने मुख्य माध्यम संसद र संसदीय समितिहरू ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कुरा राख्दै सभापति लामिछानेले सांसदहरूलाई चर्को नबोल्न सुझाव दिँदै यस्तो बताएका हुन् । ‘म पनि चर्को आवाज गर्दै अर्को ठाउँमा आएको हुनाले मेरो आफ्नै अनुभवले के भन्छ भने कैलेकाहीँ ठूलो ...
। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ । ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपा सांसदलाई संविधान संशोधनको कुरा यसरी नउठाउन आग्रह गरेका हुन् । ‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो । प्रतिनिधिसभामा दुई तिहाइ ...