मुख्य समाचार
रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताए
रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताए

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कुरा राख्दै सभापति लामिछानेले सांसदहरूलाई चर्को नबोल्न सुझाव दिँदै यस्तो बताएका हुन् ।

‘म पनि चर्को आवाज गर्दै अर्को ठाउँमा आएको हुनाले मेरो आफ्नै अनुभवले के भन्छ भने कैलेकाहीँ ठूलो स्वरले भन्दा ठूलो तर्क भयो भन्ने हुन्छ,’ सभापति लामिछानेले भने, ‘तर, आवाज ठूलो हुँदैमा तर्क र तथ्य ठूलो हुन्छ भन्ने पनि होइन, कहिलेकाहीँ प्रमाण यति बलियो हुन्छन् कि हामीले मुख रातो पारेर केही हुन्न ।’

तथ्य प्रमाणका आधारमा कुरा गरे अझ बढी प्रभावकारी हुने रास्वपाले गर्न खोजेको सुधारका कामहरूमा हामी अगाडि बढ्ने उनले बताए ।

‘मेरो साथीहरूलाई विनम्रतापूर्वक आग्रह छ– केही समितिहरू निकै संवेदनशील हुन्छन् । त्यो संवेदनशीलतालाई मध्येनजर गरेर कुरा राखे समितिको गरिमा पनि रहन्छ र हाम्रो पदको गरिमा पनि रहन्छ,’ लामिछानेले भने ।

सभापति लामिछानेले आरोप लागेकै आधारमा र छापामा आएकै आधारमा व्यक्तिलाई दोषी करार गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको आशय व्यक्त गरे ।

‘आरोपमै सीमित रहेका विषयहरू, छापामा शंकास्पद् रूपमा आएका विषयहरू, अदालतमा पनि भएका विषयहरू, त्यसमा कसैले बयानमा पोलेका, कसैले कुनै प्रसंगवस लिएका नामहरू हामीले त्यसलाई हेर्ने बित्तिकै बडो ध्यान दिनुपर्छ होला,’ लामिछानेले भने, ‘किनभने कैलेकाहीँ संवेदनशील विषय हुन्छन्, हरेक व्यक्तिको निजी जीवन पनि संवेदनशील हुन्छ । संवेदनशील निकाय अझ बढी राज्यको पिलर भएकाले हामीले तथ्यहरू राख्दाखेरी हाम्रा संरचनाको सम्मानमा आँच नपुगोस् भन्ने ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गरेका हुन् । सांसद पुनले खर्चको पारदर्शिता सुनिश्चित गर्ने मुख्य माध्यम संसद र संसदीय समितिहरू ...
। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ । ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपा सांसदलाई संविधान संशोधनको कुरा यसरी नउठाउन आग्रह गरेका हुन् । ‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो । प्रतिनिधिसभामा दुई तिहाइ ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीबार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिंदै गएको बताए । वैदेशिक सहायता घट्दै गएपछि वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको उनले बताए । उनका अनुसार नेपालले पहिलो बजेटदेखि नै राजश्वले नपुग्ने खर्च ...