मुख्य समाचार
अमेरिकाले कम्युनिस्ट मुलुक भनेर चिनिने क्युबाविरुद्ध थप आर्थिक प्रतिबन्ध घोषणा
अमेरिकाले कम्युनिस्ट मुलुक भनेर चिनिने क्युबाविरुद्ध थप आर्थिक प्रतिबन्ध घोषणा

। अमेरिकाले कम्युनिस्ट मुलुक भनेर चिनिने क्युबाविरुद्ध थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाका सरकारी अधिकारी तथा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन् ।

नयाँ प्रतिबन्धमा क्युबा सरकारको स्वामित्वमा रहेका नौवटा खानी, धातु तथा निर्माणसम्बन्धी कम्पनी, क्युबाको निर्माण मन्त्रालय तथा क्युबास्थित एक अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित अधिकारीहरू परेका छन् ।

रुबियोले विज्ञप्तिमार्फत प्रतिबन्धमा परेका व्यक्तिहरूमाथि पूर्वक्युबाली नेता फिडेल क्यास्ट्रोको १००औँ जन्मजयन्तीका अवसरमा ‘अन्तर्राष्ट्रिय समर्थकहरूको नयाँ समूह’ हवाना ल्याएर क्युबाली सरकारका अधिकारीसँग सम्पर्क विस्तार गरेको आरोप लगाएका छन् ।

रुबियोले लक्षित व्यक्तिहरू क्युबाली शासनको ‘मार्क्सवाद, जातीय असन्तुष्टि र कम्युनिस्ट हिंसा विश्वभर फैलाउने अभियान’ को हिस्सा भएको आरोप लगाए ।

उनले भने, ‘आज घोषणा गरिएका प्रतिबन्धले ट्रम्प प्रशासनले क्युबाली शासनले आफ्नो दमनलाई वित्तीय सहयोग गर्ने वा दशकौँदेखि चलाउँदै आएको अमेरिका विरोधी गतिविधि जारी राख्ने प्रयासलाई सहन नसक्ने स्पष्ट पार्छ ।’

क्युबाली संस्थाका नेतृत्वमाथि पनि प्रतिबन्ध

अमेरिकाले क्युबाली इन्स्टिच्युट अफ फ्रेन्डसिप विथ द पिपल्स (आईक्याप) का नेतृत्वमाथि पनि प्रतिबन्ध लगाएको छ । सन् १९६० मा फिडेल क्यास्ट्रोले स्थापना गरेको आईक्यापले विश्वभरका क्युबा समर्थक संगठनसँग सम्बन्ध विस्तार गर्दै आएको छ ।

संस्थाले विभिन्न देशका क्युबा समर्थक अभियन्तालाई भ्रमणका लागि आमन्त्रण गर्दै क्युबा सरकारसँग सम्बन्धित अभियानलाई सहयोग गर्दै आएको अमेरिकी आरोप छ ।

रुबियोले आईक्यापमाथि अमेरिकी नागरिकलाई ‘झूट, जासुसी प्रविधि र गैरकानुनी गतिविधिमार्फत भ्रमित तथा भ्रष्ट बनाउने’ आरोपसमेत लगाएका छन् ।

प्रतिबन्धमा परेका व्यक्तिमध्ये आईक्यापका अध्यक्ष फर्नान्डो गोन्जालेज योर्त पनि छन् । उनी ‘क्युबाली फाइभ’ नामले चिनिने जासुसी समूहका सदस्य थिए । उनी बराक ओबामा प्रशासनको कार्यकालमा अमेरिका–क्युबा सम्बन्धमा आएको सुधारका क्रममा भएको कैदी आदानप्रदानमा रिहा भएका थिए ।

क्युबाली जनतालाई आधारभूत सेवा दिन कठिन

चिनिने क्युबाले भने अमेरिकाले लगाउँदै आएका सबै प्रतिबन्धको विरोध गर्दै आएको छ । क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले रुबियोको पछिल्लो घोषणाको निन्दा गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा रुबियोले क्युबाली कम्पनीलाई दण्डित गर्ने प्रयास गरिरहेको र यसबाट क्युबाको अर्थतन्त्रमा थप क्षति पुग्ने बताएका छन् ।

रोड्रिगेजले अमेरिकी प्रतिबन्धका कारण क्युबा सरकारलाई जनतालाई आवश्यक आधारभूत सेवा उपलब्ध गराउनसमेत कठिन भइरहेको दाबी गरेका छन् । उनका अनुसार अमेरिकी नाकाबन्दीका कारण क्युबाको अवस्था पहिल्यै गम्भीर बनेको छ ।

क्युबाको ऊर्जा, वित्तीय तथा रक्षा क्षेत्रका उच्च अधिकारी र संस्थामाथि यसअघि नै अमेरिकी प्रतिबन्ध लागु भइसकेका छन् । क्युबाको अर्थतन्त्रको महत्वपूर्ण स्रोत पर्यटन क्षेत्रसमेत पछिल्लो समय कमजोर बनेको छ ।

तेल आपूर्ति अवरोधले ऊर्जा संकट चर्कियो

अमेरिकाले यस वर्षको सुरुदेखि क्युबामाथि प्रभावकारी तेल नाकाबन्दी लगाउँदै आएको छ । इन्धन आयातमा अत्यधिक निर्भर तथा पुरानो विद्युत् पूर्वाधारका कारण क्युबामा ऊर्जा संकट थप गहिरिएको छ ।

इन्धन अभावका कारण अस्पतालहरूले समेत आपत्कालीन जेनेरेटर प्रयोग गर्नुपर्ने अवस्था आएको बताइएको छ । लामो समयसम्म र बारम्बार विद्युत् कटौती हुन थालेपछि क्युबाका विभिन्न स्थानमा दुर्लभ विरोध प्रदर्शनसमेत भएका छन् ।

क्युबामा सरकारविरुद्धको सार्वजनिक असन्तुष्टिलाई सामान्यतया कडा रूपमा नियन्त्रण गरिने र विरोधमा सहभागीलाई लामो समयसम्म जेल सजाय हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...