मुख्य समाचार
कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ
कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

। कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको जनाएको छ ।

अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुलेका थिए ।

उनलाई नियन्त्रणमा लिएर थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो । संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाराजगञ्ज बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिए । ‘जतिसक्दो चाँडो महाधिवेशन रोक्न ...
। महालेखा परीक्षक तोयम रायाले मुलुकको लेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र कानुनी स्पष्टता आवश्यक रहेको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सरकारी निकाय र संस्थाहरुमा वित्तीय उत्तरदायित्व वहन गर्ने अधिकारीको स्पष्ट किटान नहुँदा बेरुजु फर्स्यौटमा समस्या देखिएको उल्लेख गरे । महालेखा परीक्षक रायाले विभिन्न ऐनहरू निर्माण हुने क्रममा लेखा परीक्षणको जिम्मेवारी ...
। मकवानपुरमा बाढीले बगाएर बेपत्ता भएकी एक बालिकाको शव तीन दिनपछि फेला परेको छ । हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरकी ११ वर्षीया बालिका सुमित्रा ब्लोन शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । बस्तीपुरस्थित निर्मल माविबाट घर फर्कने क्रममा २ भदौमा हेटौंडा उपमहानगरपालिका-१९ मा बासुदेव खोलाले बगाउँदा उनी बेपत्ता भएकी थिइन् । प्रहरी र स्थानीय मिलेर उनको खोजी गरिएको ...
। जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गरेका हुन् । सांसद पुनले खर्चको पारदर्शिता सुनिश्चित गर्ने मुख्य माध्यम संसद र संसदीय समितिहरू ...