मुख्य समाचार
बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्
बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्

। बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् ।

पर्याप्त जनशक्ति र औषधि उपकरणको अभावका बीच पनि जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।




गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि अस्पताल सञ्चालन गरेको हो । जगन्नाथ गाउँपालिकाले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभर २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको योजना अघि सारेको थियो ।



जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण भएको १० शय्याको अस्पताल ११ करोड ७८ लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण भएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीका अनुसार अस्पताल सञ्चालन भए पनि केही जनशक्ति र उपकरणको अभाव छ । उनका अनुसार २०८२ चैतदेखि एक मेडिकल अधिकृतको पद रिक्त रहेकाले गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ ।

गौमुल गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सञ्चालनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बुधबार अस्पतालको औपचारिक उद्घाटन गर्दै सेवा सुरु गरेका हुन् ।

अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा सञ्चालनमा ल्याउन समय लागेको गाउँपालिका अध्यक्ष रोकायाले बताए । अहिले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरी सीमित स्वास्थ्य सेवा सुरु गरिएको उनले जानकारी दिए ।

अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि उपलब्ध जनशक्तिबाट सेवा सुरु गरिएको अध्यक्ष रोकायाले बताए ।

उनले भने, ‘अब आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ ।’

गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताइन् । यसअघि सामान्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर स्थानीयवासीले अब थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने अपेक्षा गरेका छन् ।

आधारभूत अस्पताल सञ्चालनमा आएपछि गौमुलवासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

जिल्लाका दुई गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य पालिकाले भने अझै सञ्चालनमा ल्याउन सकेका छैनन् ।

जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले वडा नं ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख अमरबहादुर खड्काले बताए ।

त्यस्तै, बुढीगङ्गामा १५ शय्याको अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ भने अन्य पालिकामा पनि अस्पताल निर्माणाधीन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र नीति नेपालको घरेलु आर्थिक आकांक्षाको बाह्य साधन बन्नुपर्ने बताएका छन् । उनले नेपालको परराष्ट्र नीतिले मुलुकका लागि प्रत्यक्ष र रूपान्तरणकारी आर्थिक परिणाम दिनुपर्ने धारणा पनि राखे । जर्मन संस्था फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित ‘जियोपोलिटिकल कन्फ्लिक्ट इन द वल्फ वल्र्ड : ग्रेट पावर कम्पिटिसन एन्ड द इलिबरल रिभोल्ट ...
। सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशासनिक ढिलासुस्ती र कमजोर लेखा प्रणालीका कारण वैदेशिक सहायताका आयोजनाहरूको शोधभर्ना हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पराजुलीले सरकारी अक्षमताका कारण वैदेशिक अनुदानबापतको रकम प्राप्त हुन नसक्दा राष्ट्रिय ढुकुटीमा अनावश्यक दबाब परेको बताएका हुन् । पराजुलीले ‘अन बजेट’ ...
। ललितपुरको बालकुमारी-बल्खु खण्डमा सडक बत्ती जडान गरिएको छ। चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ। चक्रपथ निर्माणको सात वर्षपछि यहाँ सडक बत्ती जडानको काम भएको हो। ललितपुर महानगरपालिकाले ७.९ किलोमिटर सडकमा बत्ती जडान गरेसँगै चक्रपथ रातमा झिलमिली भएको छ। सडक बत्तीको उद्घाटन गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ गरेका हुन्।
। डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् । बिहीबार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनमा परेर केआईसिंह गाउँपलिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई ...